कांग्रेस संसदीय दलको बैठक सुरु (तस्वीरहरु)

कांग्रेस संसदीय दलको बैठक सुरु (तस्वीरहरु)

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको लोत्से हलमा सुरु भएको हो ।

बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने ? नयाँ विधेयक कसरी प्रस्तुत गर्ने ? भन्नेबारे छलफल हुने संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

बैठकमा आगामी दिनमा संसद्मा कांग्रेस कसरी प्रस्तुत हुने, डेङ्गु रोगको रोकथाम, पशुपंक्षीमा लाग्ने लम्की रोगको उपचार, मानिसमा आँखा पाक्ने रोगको उपचारबारेमा सरकारको ध्यानाकर्षण गराइने प्रमुख सचेतक लेखकले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved