डिसहोमको नयाँ अफर : मासिक १०० रुपैयाँमै टिभी हेर्न पाइने

नेपालभ्युज

डिसहोमको नयाँ अफर : मासिक १०० रुपैयाँमै टिभी हेर्न पाइने

काठमाडौं। डिस मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरूको लागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ।

अब डिसहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र रु १०० मा डिसहोमको टिभी हेर्न पाउनेछन् । डिसहोम फाइबरनेटको नयाँ जडानमा डिसहोम टिभीको कनेक्सन गरी यो अफरको लाभ उठाउन सकिनेछ ।

यस्तै, यो अफरको लाभ पहिले देखि डिसहोम टिभी मात्र प्रयोग गरिरहेका ग्राहकले पनि फाइबरनेटको कनेक्सन लिएर लिन सक्नेछन् ।
कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेटसंँगै ६० भन्दा बढी च्यानलसहित २०० भन्दा माथि उच्च पिक्चर क्वलिटीको टिभी सुलभ मूल्यमा ग्राहकहरूले हेर्न पाउनेछन् ।

यस अफरको बारेमा थप जानकारीका लागि ०१ ५९७०३६५ नम्बरमा सम्पर्क गरी जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved