गौर हत्याकाण्डका पीडितले न्याय पाउनेमा बाबुरामको शंका

नेपालभ्युज

गौर हत्याकाण्डका पीडितले न्याय पाउनेमा बाबुरामको शंका

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले गौर हत्याकाण्डका पीडितलाई अहिलेको सरकारले न्याय दिनेमा शंका व्यक्त गरेका छन् ।

विगतमा आफूले पीडितलाई न्याय दिलाउन नसकेकोमा आत्माआलोचित हुँदै अध्यक्ष भट्टराईले अहिलेको सरकारले पनि प्रभावकारी काम गर्नेमा शंका व्यक्त गरेका हुन् ।

गौर हत्याकाण्ड कुनै राज्यविरूद्ध विद्रोहको क्रममा घटेको र शान्तिप्रक्रियासंग जोडिएको घटना नभएको भन्दै उनले पीडितलाई न्याय दिनका लागि दलहरु सत्ताको अंगकणितभन्दा माथि उठ्नुपर्ने पनि बताएका छन् ।

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्–

गौर हत्याकाण्डको आन्तरिक र बाह्य जरो नखोतलीकन र सत्ताको अंकगणितभन्दा माथि नउठिकन यसबारे पीडित आन्दोलवकारीहरूलाई पटकपटक फोस्रा आश्वासन दिनुको कुनै अर्थ हुन्न।

स्मरण रहोस् यो विभत्स हत्याकाण्ड कुनै राज्यविरूद्धको विद्रोहको क्रममा घटेको र शान्तिप्रक्रियासंग जोडिएको घटना हैन ! यो त मधेशका उत्पीडित वर्ग र समुदायका निहत्था नागरिकहरूलाई मुक्तिआन्दोलनबाट विमुख पार्न देशभित्र र बाहिरका वर्चस्वशाली शक्तिहरूले सुविचारित ढंगले मच्चाएको नृसंस हत्याकाण्ड थियो।

तिनै बर्चस्वशाली भित्री र बाहिरी शक्तिको टेकोपुॅडोमा अडेको यो सरकारको नेतृत्वले पीडितलाई न्याय दिने हिम्मत र हैसियत राख्ला ? भविष्यले बताउनेछ।

शान्तिप्रकृया र संविधान निर्माणको विशिष्ठ कालखण्डमा हामीले चाहेर पनि यसवारे केही गर्न नसकेकोमा आत्मालोचित छौं।

सत्य र न्यायका पक्षधर शक्तिहरूको दबाब र खबरदारी जारी रहोस् ! सत्य र न्यायको जीत एक दिन अवस्य हुनेछ !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved