सुन तस्करीमा सरकारको छानविन प्रतिवेदन आएपछि उच्चस्तरीय समिति बनाउन सकिन्छ : उपमहासचिव शर्मा

नेपालभ्युज

सुन तस्करीमा सरकारको छानविन प्रतिवेदन आएपछि उच्चस्तरीय समिति बनाउन सकिन्छ : उपमहासचिव शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सुन तस्करी प्रकरणमा सरकारको छानविन प्रतिवेदन आइसकेपछि उच्चस्तरीय छानविन समिति बनाउन सकिने बताएका छन् । सोमबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमहासचिव शर्माले सुन तस्करी प्रकरणको जालो पत्ता लगाउन सरकार लागि परिरहेको बताएका  छन् ।

उनले सरकारको छानविन रिपोर्ट आएपछि चित्त नबुझेमा मात्रै उच्चस्तरीय छानविन समिति बनाउन सकिने बताए। उनले अहिलेको अवस्थामा सरकारले गरेको छानविनलाई सहयोग गर्नु आवश्यक रहेको बताए । उनले बरु सरकारलाई निश्चित समयभित्र छानविन गरिसक्नुस् भने समय तोक्न भने सकिने बताए।

‘संसद ठप्प गर्नु हुँदैन । संसद खोल्नुपर्छ । धेरै इस्युहरु छन् यतिबेला । ति इस्युहरुलाई यहाँ उजागर गर्नुपर्छ । हामीले बारम्बार के अनुरोध गरेका छौँ भने प्रतिपक्षी दललाई यो संसद खोल्नका लागि सहजीकरण गर्नुहोस् ‘ उनले भने,  ‘मन्त्रीहरुको जवाफ सुनेर हामी अगाडी बढौँ  सभामुखले भनिरहनु भएको छ, हाम्रो तर्फबाट संसद खोल्न दिनदिनै पहल भइराखेको छ । प्रधानमन्त्रीको प्रतिपक्षी दलका नेतासँग छलफल भइरहेको छ । हामी छिटोभन्दा छिटो संसद खोल्न चाहान्छौँ ।’

उनले संसदमा धेरै विषयहरुमा छलफल गर्नुपर्ने आवश्यकता रहेको भन्दै संसद ठप्प पार्नु नहुने बताए । उपमहासचिव शर्माले सरकारको तर्फबाट संसद खोल्नका लागि पहल भइरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved