रातभर सुतेर पनि दिउँसो निद्रा लाग्छ भने जानौं कारण

नेपालभ्युज

रातभर सुतेर पनि दिउँसो निद्रा लाग्छ भने जानौं कारण

एजेन्सी । रातमा ७ देखि ८ घण्टा सुत्दा पनि तपाईंलाई अल्छीपना, निद्रा आइरहन्छ ? आउनुहोस् जानौं रातभर सुतेर पनि अर्को दिन दिनमा अल्छीपना तथा दिउँसोमा निद्रा लागिरहन्छ भने यसपछाडिको कारण ।

शरीरमा डिहाइड्रेशन हुनुका कारणले पनि एलर्जी लेवल झर्न थाल्छ । डिहाइड्रेशनको समस्याले पनि शरीरमा आलस्यता तथा निद्रा पूरा लिँदा पनि निद्रा नपुगेजस्तो लाग्छ । कैयौं स्वास्थ्य समस्याका कारणले पनि तपाईंलाई अन्य मानिसको तुलनामा धेरै निद्रा लाग्ने गर्छ । हाइपोथाइराइजिज्म, क्रोनिक फटीन सिन्ड्रोम तथा लिवरसँग जोडिएका समस्याहरुको कारणले पनि ७–८ घण्टाको निद्रा प्रयाप्त हुँदैन ।

स्ट्रेसको असर पनि  ब्रेनको सेल्समा पर्छ, जसकारण ८ घण्टा निद्रा लिँदा पनि थकान तथा सुस्त महसुस हुन्छ । शरीरमा थकान महसुस हुने भएकाले पनि अन्य व्यक्तिको तुलनामा धेरै निद्रा लाग्छ । कतिपय अवस्थामा शरीरमा पोषक तत्वको कमीले पनि भरपूर निद्रा लिँदा पनि तपाईं अल्छी तथा थकान महसुस गर्नुहुन्छ । शरीरमा विभिन्न पोषक तत्व जस्तै फोलेट, भिटामिन डी आदिको कमीले पनि अल्छीपन र निद्रा लाग्ने गर्छ ।

यदी सुतेको समयमा पनि तपाईंलाई डरलाग्ने सपनाहरु आउँछन् । वा लामो समय सपना देखेर बित्छ भने पनि शरीरले राम्रोसँग आराम पाउँदैन । जसले गर्दा तपाईंले दिनभरमा पनि थकान तथा आलस्यता महसुस गर्नुहुन्छ ।

मोटोपनले पनि यस्तो समस्या आउने गर्छ । शरीरको तौल भारी हुँदा तपाईंलाई अल्छी धेरै लाग्ने तथा शरीर फुर्तिलो हुँदैन । जसले गर्दा अन्य समस्या पनि शुरु हुन थाल्छन् । त्यसैले तौल सही राख्नु पनि यस्तो समस्याबाट बाहिर आउनु हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved