भारतको गौरीकुण्डमा पहिरोले पुरिएर एकै परिवारका सात जना नेपाली बेपत्ता (नामसहित)

भारी वर्षापछि झरेको पहिरोले तीनवटा पसल बगाउँदा सात नेपालीसहित कम्तिमा १३ जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएर अमर बोहरा र उनको परिवार बेपत्ता भएको हो ।

नेपालभ्युज

भारतको गौरीकुण्डमा पहिरोले पुरिएर एकै परिवारका सात जना नेपाली बेपत्ता (नामसहित)

काठमाडौं । भारतको उत्तराखण्डस्थित गौरीकुण्डमा पहिरोले पुरिएर एकै परिवारका सातजना नेपाली बेपत्ता भएका छन् ।

भारी वर्षापछि झरेको पहिरोले तीनवटा पसल बगाउँदा सात नेपालीसहित कम्तिमा १३ जना बेपत्ता भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

जागरणको अनलाइन संस्करणले स्थानीय प्रहरीलाई उद्धृत गर्दै लेखे अनुसार पहिरोमा पुरिएर अमर बोहरा र उनको परिवार बेपत्ता भएको हो । अमरसहित तीन छोरा, दुई छोरी र श्रीमतीलाई पहिरोले बगाएको छ ।

स्थानीय प्रहरीबाट प्राप्त सूचना अनुसार बेपत्ता भएकामा अमर बोहरा, उनकी पत्नी २६ वर्षीया अनिता, छोरी १४ वर्षीया राधिका र ८ वर्षीया पिंकी तथा छोराहरु ७ वर्षका पृथ्वी, ६ वर्षका जटिल र ३ वर्षका वकील छन् ।

लगातार वर्षा भइरहेकाले उद्दारमा कठिनाइ भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।

उनीहरुको नेपाल घर कहाँ हो भन्ने खुलेको छैन । तर, अपुष्ट स्रोतका अनुसार उनीहरु जुम्लाको पातरासीका हुन सक्ने अनुमान छ । पहिरोमा बगेको एउटा पसल बोहरा परिवारले चलाइरहेको बताइएको छ । यद्यपी घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

पहिरोमा पुरिएर ६ जना भारतीय नागरिक पनि बेपत्ता भएको जागरणले जनाएको छ । नेपाल प्रहरीले भने घटनाबारे कुनै जानकारी प्राप्त नभएको जनाएको छ ।

गौरीकुण्ड प्रशिद्ध तिर्थस्थल केदारनाथ जाने बाटोमा पर्छ । त्यहाँ रोजगारीका लागि पनि सयौं नेपाली पुग्ने गरेका छन् ।

अपडेट पढ्न यो लिंकमा जानुहोस :

गौरीकुण्डको पहिरोमा बेपत्ता हुने नेपालीको संख्या १३ पुग्यो, एकै परिवारका सातजना


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved