रास्वपाले गर्‍यो बझाङका संयोजकको निलम्बन फुकुवा

नेपालभ्युज

रास्वपाले गर्‍यो बझाङका संयोजकको निलम्बन फुकुवा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकार सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेका बझाङका संयोजक नगेन्द्र खड्काको निलम्बन फुकुवा गरेको छ ।

पार्टीको बिहीबार बसेको केन्द्रीय समितिको बैठकले  छानविनका क्रममा खड्का दोषी नदेखिएकोले पदमा पुर्नबहाली गर्ने निर्णय गरेको  महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

यस्तै बैठकले  रुपन्देहीमा पार्टी कार्यकर्ता विच भएको झगडामा संलग्न दामोदर खत्रीलाई तीन महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको  छ ।

ढकालका अनुसार  बैठकले केन्द्रीय अनुशासन आयोगको नियमावली पारित गरेको छ । नियमावली पारित भएसँगै पार्टी हित विपरित कार्य गर्नेका लागि अनुशासनको कारबाही गर्ने विधि तय भएको उनले जनाए ।

यसैगरि बैठकले  पार्टी दस्तावेज तयार गर्नका लागि १७ जनाको टोलीलाई गाउँ पठाउने निर्णय गरेको छ । टोली १५ दिन जनता माझ गएर मतदाताको अपेक्षा बुझ्ने बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved