एजेन्सी । प्रायः अन्तरमुखी स्वभावका व्यक्तिहरु आफैं एक्लैमा रमाउने गर्दछन् । तर के तपाईंलाई थाहा छ ? यस्तो सेल्फ आइसोलेशनले उनीहरुको मानसिक स्वास्थ्यमा कति नराम्रो असर पर्न सक्छ । आउनुहोस् जानौं सेल्फ आइसोलेशनका नोक्सानका बारेमा ।
विभिन्न अध्ययन अनुसार लामो समयसम्म एक्लै बस्नु, योजनाहरु क्यान्सल गर्नु, तनावमा रहनु सेल्फ आइसोलेशनका लक्षण हुन् । यसको सिधा अर्थ हुन्छ, दोस्रो व्यक्तिसँग सुस्त सुस्त दुरी बनाउनु र एक्लै आफ्नो जीवन जिउनु ।
जो व्यक्तिले आफूलाई आइसोलेटेड राख्छन्, उनीहरुको स्वभाव नै चिडचिडा हुन थाल्छ । यदी उनीहरु कसैसँग कुरा गर्न पनि चाहन्छन् भने पनि उनीहरु आफूलाई एक्लै देखेर मनमनै घुटन महसुस गर्छन् । एक्लो रहने मानिस हरेक चिज आफ्नो अनुसार गर्न चाहन्छ, उनीहरुसँग कुनै पनि कामका लागि समयतालिका हुँदैन । यही कारणले गर्दा उनीहरुको निद्रामा एकदमै नराम्रो असर पर्छ ।
एक्लो रहने व्यीक्त कुनै पनि प्रकारको सामाजिक कार्यहरुमा सहभागी हुँदैनन् । यही कारणले उनीहरु आफूलाई सबैसँग छुट्टीएको महसुस गर्छन् । यसको सिधा असर उनीहरुको मानसिक स्वास्थ्यमा पर्न जान्छ । यसरी उनीहरुभित्र क्रोनिक डिजीज हुने खतरा कैयौं गुणा बढेर जान्छ । शारीरिक रुपमा क्रियाशील नहुँदा प्रायः मानिसहरुको सम्पूर्ण शारीरिक तथा मानसिक स्वास्थ्यमा नै नराम्रो असर पर्न जान्छ ।
Facebook Comment
Comment