राजेन्द्र लिङ्देन भन्छन् : सत्ता हाम्रो प्राथमिकतामा छैन, कोशीमा कांग्रेस-एमाले मिल्दा राम्रो

नेपालभ्युज

राजेन्द्र लिङ्देन भन्छन् : सत्ता हाम्रो प्राथमिकतामा छैन, कोशीमा कांग्रेस-एमाले मिल्दा राम्रो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा दुई ठूला दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउन सुझाव दिएका छन् । सत्ता आफूहरुको प्राथमिकतामा नरहेको भन्दै उनले कांग्रेस–एमाले मिलेर सरकार बनाउन सुझाव दिएका हुन् ।

मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले भने, ‘अहिले हामीलाई सत्ता प्राथमिकताको विषय छैन। हामीले कांग्रेस र एमालेलाई बहुमत बनाएर सरकार चलाउन सुझाव दिएका छौँ। सो ठूलो बहुमतले भोलिका दिनमा बाधा अड्चन आउन दिनेछैन। विधेयक पारित गर्दापनि सहज हुन्छ।’

प्रदेश सरकार गठनका लागि आह्वान गरिएको समयसीमा सकिनै लाग्दा राप्रपा अध्यक्ष लिङ्देनले यस्तो सुझाव दिएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved