प्रतितोला ३०० रुपैयाँ घट्यो सुनको मूल्य

नेपालभ्युज

प्रतितोला ३०० रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं।आज सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज सुनको मूल्यमा उक्त गिरावट आएको  हो ।

आइतबारको तुलनामा ३०० रुपैयाँले घटेको मूल्य १ लाख १२ हजार ६०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज तोलामा ५ रुपैयाँले घटेसँगै चाँदीको भाउ प्रतितोला १४ सय ५० रुपैयाँ कायम छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved