सुन तस्करी प्रकरण : छानबिन आयोगको माग गर्दै एमालेले संसद् बैठक अवरोध गर्ने

नेपालभ्युज

सुन तस्करी प्रकरण : छानबिन आयोगको माग गर्दै एमालेले संसद् बैठक अवरोध गर्ने

काठमाडौं। आज बस्ने प्रतिनिधिसभा बैठक नेकपा एमालेले पनि अवरोध गर्ने भएको छ । सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय आयोग गठनको माग गरे पनि सरकारले त्यसमा चासो नदेखाएको भन्दै एमालेले बैठक चल्न नदिने तयारी गरेको हो।

यस विषयमा रास्वपाले समेत संसद् अवरुद्ध गर्ने चेतावनी दिँदै आएको छ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। यद्यपि, बैठक चल्न नसक्ने एमाले प्रमुख सचेतक पदम गिरिले जानकारी दिए।
‘सरकारले सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग गठनमा अहिलेसम्म चासो दिएको छैन।

त्यसैले, आजको बैठक पनि चल्न सक्ने देखिँदैन’, प्रमुख सचेतक गिरीले भने, ‘सरकारले माफी माग्दै जाने हामी दिँदै जाने कुराले हुँदैन ।’

गत बुधबार बसेको बैठकमा पनि रास्वपाका सांसदहरूले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारलाई भेटेर संसद्को अवरोध हटाउन भूमिका खेल्न आग्रह गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved