एनसेलले ल्यायो ‘बिन्दास डेटा प्याक’, के-के छन् सुविधा ?

नेपालभ्युज

एनसेलले ल्यायो ‘बिन्दास डेटा प्याक’, के-के छन् सुविधा ?

काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेल आजियाटा लिमिटेडले ‘बिन्दास डेटा प्याक’ सार्वजनिक गरेको छ ।

एनसेल आजियाटा लिमिटेडले जुनसुकै समय र जुनसुकै ठाउँमा सेवाको फाइदा लिन सकिने आकर्षक ‘बिन्दास डेटा प्याक’ सञ्चालनमा ल्याएको हो ।

एनसेल आजियाटा लिजिटेडका ग्राहकहरूले अब जुनसुकै समय, जुनसुकै ठाउँ र प्रयोजनका लागि ५ घण्टाको अनलिमिटेड डेटाबाट फाइदा लिन सक्नेछन् । एनसेल आजियाटा लिमिटेडले प्रयोगको समयमा आधारित आकर्षक अफर ‘बिन्दास डेटा प्याक’ ल्याएको हो ।

एनसेलका ग्राहकहरूले सजिलैसँग कर सहित रु ७५ मा यो प्याक लिन सक्नेछन् । प्याकको समयावधि ३ दिनको रहनेछ । ग्राहकहरूले कुनै डेटा भोल्युम सीमा बिना ३ दिनसम्म कुल ५ घण्टाको लागि अनलिमिटेड डेटा सेवा पाउँछन् ।

ग्राहकले *१७११८*७*३# डायल गरी सजिलै यो प्याक लिन सकिन्छ । एनसेल एप, एनसेलको वेबसाइट र नजिकैको एनसेलको आधिकारिक खुद्रा बिक्रेताबाट पनि यो प्याक लिन सकिने एनसेल आजियाटा लिमिटेडले जनाएको छ ।

सुलभ दरमा निश्चित अवधिका लागि डेटा सेवा आवश्यक रहेका ग्राहकहरूका लागि यो बिन्दस डेटा प्याक उत्तम विकल्प हुने एनसेलले जनाएको छ । कम्पनीले सार्वजनिक गरेको बिन्दास भ्वाइस प्याकमा ग्राहकहरूले करसहित मात्र रु २५ मा १२ घण्टा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म कुनै पनि नेटवर्कमा कुराकानी गर्न मिल्ने टक टाइम लिन सक्ने छन् ।

आफ्ना ग्राहकलाई सुलभ दरमा सेवा प्रदान गर्ने कम्पनीको प्रतिबद्धताअनुसार यी अनलिमिटेड भ्वाइस प्याकहरू ल्याइएको एनसेलले जनाएको छ । अल–नेट होस् वा अन–नेट, जुनसुकै नेटवर्कमा सहजै सम्पर्कमा रहिरहन यी प्याकहरूले ठूलो महत्व राख्ने विश्वास एनसेलले राखेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved