एजेन्सी । खानालाई छिटो तताउने हतारमा धेरै मानिसले माइक्रोवेबको प्रयोग गर्दछन् । तर केही यस्ता चिजहरु पनि हुन्छन् जसलाई माइक्रोवेबमा तताउँदा विषालु बन्न सक्छन् । त्यसैले यस्ता खानेकुराहरुका बारेमा जान्नु जरुरी छ ।
उसिनेको अन्डा
माइक्रोवेबमा कहिल्यै पनि उसिनेको अन्डालाई तताउनु हुँदैन । यसलाई यदी माइक्रोवेबमा तताइयो भने अन्डा भित्रको चिसोपन बाफ बन्छ जसले गर्दा अन्डा फुट्न पनि सक्छ ।
ब्रेस्ट मिल्क
ब्रेस्ट मिल्कलाई पनि कहिल्यै माइक्रोवेबमा तताउनु हुँदैन । यसले दुध कतै एकदमै धेरै तातिन्छ त कतै एकदमै चिसो नै रहिरहेको हुन्छ ।
प्रोसेस्ड मिट
प्रोसेस्ड मिटलाई पनि माइक्रोवेबमा तताउनु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । किनकी प्रोसेस्ड मिटमा क्यामिकल तथा प्रिजरवेटिवको प्रयोग गरिएको हुन्छ । जसकारण तातो हुँदा क्यामिकल रियाक्सन हुन सक्छ ।
पाकेको चामल
माइक्रोवेबमा तताएको चामल वा भात खाने गर्दा फुड प्वाइजनिंग पनि हुन सक्छ । पाकेको चामलमा बेसिलस सेरेस ब्याक्टेरिया हुन्छन्, जो एकदमै तातोमा मर्छन् । त्यसपछि यस्ता ब्याक्टेरिया पैदा हुन्छन् जो शरीरका लागि खतरनाक पनि हुन सक्छन् ।
काँचो मासु
माइक्रोवेबको तातोले सधैं ब्याक्टेरियालाई मार्न सक्दैन किनकी माइक्रोवेबले खानालाई भित्रबाट बाहिरको सट्टा बाहिरबाट भित्रतिर तताउँदै लग्छ । त्यस्तै मासुलाई खान लायक बनाउनका लागि राम्रोसँग पकाउन जरुरी हुन्छ जो माइक्रोवेबमा नहुन सक्छ ।
हरियो तरकारी
पालक, साग तथा मेथी जस्ता सागहरुमा नाइट्रेट हुन्छ । माइक्रोवेबको तातोमा यी नाइट्रेट हानिकारक बन्छन् । जसको सेवनले क्यान्सर जस्ता विमारीहरु हुन सक्छन् ।
Facebook Comment
Comment