प्रधानमन्त्री र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशकबीच भेटवार्ता

नेपालभ्युज

प्रधानमन्त्री र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशकबीच भेटवार्ता

काठमाडौं। इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यु डोङग्यूले भेटवार्ता भएको छ ।

राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा आज भएको भेटमा कृषि अभ्यासको अभिवृद्धि, खाद्य सुरक्षा र दिगो विकासका विविध विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

विश्वव्यापीरूपमा भोकमरीको अन्त्य गर्ने मानव कल्याणका लागि स्थापित सो संस्था संयुक्त राष्ट्र सङ्घको महत्त्वपूर्ण निकाय हो । सो संस्थाको नेपालमा सन् १९५१ काम गर्दै आएको छ ।

त्यसअघि, प्रधानमन्त्री प्रचण्डसँग इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आईएफएडी) का प्रमुख एल्भारो लाइरोले भेटवार्ता गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved