अदालतको अधिकार कटौतीसहित इजरायलमा नयाँ कानुन पारित, लाखौँ व्यक्ति सडकमा

परिवर्तनको विरोधमा इजरायलको इतिहासमा सबैभन्दा ठूलो प्रदर्शन भएको छ। विपक्षीले यो विधेयक कानुन बनेमा इजरायलमा लोकतन्त्र खतरामा पर्ने चेतावनी दिएका छन् ।

नेपालभ्युज

अदालतको अधिकार कटौतीसहित इजरायलमा नयाँ कानुन पारित, लाखौँ व्यक्ति सडकमा

एजेन्सी। जनताको चर्को विरोधकाबीच इजरायलको संसदले न्यायिक प्रणालीमा सुधार गर्न ल्याइएको विधेयकलाई अनुमोदन गरेको छ ।

विपक्षीले भने मतदान बहिष्कार गरेका छन् । संसदमा मतदान हुनुअघि इजरायलमा यस विधेयकको विरोधमा कडा प्रदर्शन भएको थियो।

विधेयकमा सहमतिका लागि सोमबार पनि वार्ता भएको थियो तर त्यो असफल भएको थियो । नयाँ ऐनमा सरकारका केही निर्णयलाई सर्वोच्च अदालतले पनि उल्टाउन नसक्ने उल्लेख छ  ।

नयाँ कानून मार्फत न्याय प्रणालीमा यस्ता धेरै परिवर्तन भएका छन् । परिवर्तनको विरोधमा इजरायलको इतिहासमा सबैभन्दा ठूलो प्रदर्शन भएको छ।

जेरुसेलममा मतदानको दिन संसद बाहिर प्रदर्शन गरिरहेका मानिसहरूलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा प्रयोग गरेको थियो।

विपक्षीले यो विधेयक कानुन बनेमा इजरायलमा लोकतन्त्र खतरामा पर्ने चेतावनी दिएका छन् । विधेयकको समर्थनमा तर्क गर्दै सरकारले संशोधन गरेपछि शक्तिको असन्तुलन हट्ने बताएको छ ।

पछिल्लो समय राजनीतिक निर्णयमा अदालतको हस्तक्षेप बढेको सरकारको धारणा छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved