गर्भावस्थामा के खानु हुँदैन ?

नेपालभ्युज

गर्भावस्थामा के खानु हुँदैन ?

एजेन्सी । गर्भावस्था भनेको महिलाहरुका लागि विशेष समय हो । जसमा केही खानाहरुको सेवन गर्नबाट बच्नुपर्दछ । त्यसैले गर्भावस्थाको बेला यस्ता खानेकुराहरु खानबाट बच्नु नै स्वास्थ्यका लागि राम्रो हुन्छ ।

गर्भावस्थाको बेला काँचो मेवाको सेवन गर्नु नोक्सानदायक सावित हुन सक्छ । गर्भावस्थाको बेला काँचो मेवाको सेवनले गर्भपतन हुने सम्भावना बढ्छ ।

क्याफिन

गर्भावस्थामा महिलाहरुले अत्यधिक मात्रामा क्याफिनको सेवन पनि गर्नु हुँदैन । चिया वा कफी जस्ता क्याफिनले भरपूर चिजहरु पानीको कमीका कारण बन्न सक्छन् ।

काँचो मासु

त्यस्तै गर्भवती महिलाले कुनै पनि प्रकारको काँचो मासुको सेवन गर्नु हुँदैन । यसले बच्चा तथा आमाको स्वास्थ्यमा नराम्रो असर पुर्‍याउँछ ।

धुम्रपान–रक्सी

महिलाहरुले गर्भावस्थाको बेला धुम्रपान तथा रक्सी पिउनु हुँदैन । यस्ता नसिला चिजहरु आमा र बच्चा दुबैको स्वास्थ्यका लागि खतरनाक सावित हुन सक्छन् ।

गरम मसाला

गर्भावस्थाको बेला शरीरलाई स्वस्थ राख्नका लागि गरम मसालाहरु पनि धेरै सेवन गर्नु हुँदैन । जो आफैमा गर्मी गर्ने मसाला हुन्छ त्यस्तो सेवनले स्वास्थ्यमा नकारात्मक असर गर्न सक्छ । साथै पेटसँग जोडिएका समस्याहरु पनि हुन सक्छन् ।

काँचो टुसा उमारेको खाना

ई–कोलाई तथा साल्मोनेला जस्ता ब्याक्टेरिया काँचो टुसा उमे्रका दालहरुमा हुन सक्छन्, जसले पाचन प्रक्रियामा हानी पु¥याउन सक्छन् । त्यसैले गर्भावस्थाको बेला काँचो टुसा उमे्रको दाल सलाद आदिको रुपमा सेवन पनि गर्नु हुँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved