के छ गगनले केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको १३ बुँदे धारणामा ? (पूर्णपाठसहित)

नेपालभ्युज

के छ गगनले केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको १३ बुँदे धारणामा ? (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी केन्द्रीय समिति बैठकमा १३ बुँदे धारणा प्रस्तुत गरेका छन् । सुशासन र भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा  महामन्त्री थापाले आफ्नो १३ बुँदे धारणालाई  लिखित मतको रुपमा पार्टी बैठकमा दर्ज गराएका हुन् ।

थापाद्वारा प्रस्तुत  धारणामा विगत लामो समयदेखि शासकीय संरचनामा प्रवृत्तिकै रूपमा जरो गाडेर बसेको भ्रष्टाचार र कुशासनले गर्दा सरकार, राजनीतिक दल, राजनीतिकर्मी, नीति निर्माता, कर्मचारीतन्त्र लगायत राज्यका निकायप्रति व्यापक असन्तुष्टि, आक्रोश र वितृष्णा व्यक्त गरिएको छ ।

यस्तै, उनले कोही कुनै प्रकरणमा दोषी छ भने जस्तोसुकै शक्तिशाली र प्रभावशालीले पनि उन्मुक्ति पाउन नहुने उल्लेख गर्दै अनुसन्धानलाई जिम्मेवार बनाउनका लागि प्रश्न गर्ने अधिकार सबैमा रहने उल्लेख गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेतालाई पार्टी सदस्यबाट निलम्बन गरिनुपर्ने धारणा समेत थापाले प्रस्तुत गरेका  छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved