प्रधानमन्त्रीको सल्लाहकार भन्दै ठगी गरेको आरोपमा बाबु छोरा पक्राउ

नेपालभ्युज

प्रधानमन्त्रीको सल्लाहकार भन्दै ठगी गरेको आरोपमा बाबु छोरा पक्राउ

काठमाडौं । आफूलाई प्रधानमन्त्रीको सल्लाहकार भन्दै ठगी गरेको अभियोगमा प्रहरीले बाबु छोरालाई पक्राउ गरेको छ ।  नागार्जुन नगरपालिका-८ का ४४ वर्षका राजेन्द्रप्रसाद खनाल र उनका छोरा २३ वर्षिय विशाल खनाल पक्राउ परेका हुन् ।

राजेन्द्रले आफू प्रधानमन्त्रीको सुशासन सल्लाहकार रहेको भन्दै ४५ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । उनले छोरासँग मिलेर झापाबाट सवारी साधन समेत लिएर भागेको बताइएको छ ।

ना ४ च ८६७० नम्बरको जिप लिएर भागेको भन्दै झापाको दमकमा उजुरी परेपछि प्रहरीले दुवैलाई पक्राउ गरेको हो । प्रहरीले आज दिउँसो दुवैलाई उनीहरुलाई कोटेश्वरबाट पक्राउ गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved