बरामद भएको सुन कसरी र कहिलेसम्म जोखेर सकिन्छ ?

सुनको वास्तविक तौल निकाल्ने प्रक्रिया भने केही झन्झटिलो र लामो छ । पहिला सुन मात्रै जोख्ने, जोखिएको सुनलाई गाल्ने र गालेर जमेको सुनलाई फेरि जोखेपछि मात्रै वास्तविक तौल निस्कन्छ ।

नेपालभ्युज

बरामद भएको सुन कसरी र कहिलेसम्म जोखेर सकिन्छ ?

काठमाडौं। हङकङबाट ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारसमेत पार गराइ सिनामंगल सडकसम्म पुर्‍याइएको सुनको वास्तविक तौल निकाल्ने काम भइरहेको छ । राजस्व अनुसन्धान विभागको टोलीले बुधबार बरामद गरेको सुन बिहीबार राष्ट्र बैंकको टक्सारमा लगेर जोखियो । ‘ब्रेक शु’ र बाकससहित सुनको तौल १५५ किलो निस्कियो । अहिले उक्त सुनको वास्तविक तौल निकाल्ने काम भइरहेको हो ।

सुनको वास्तविक तौल निकाल्ने प्रक्रिया भने केही झन्झटिलो र लामो छ । पहिला सुन मात्रै जोख्ने, जोखिएको सुनलाई गाल्ने र गालेर जमेको सुनलाई फेरि जोखेपछि मात्रै वास्तविक तौल निस्कन्छ । त्यसैले केही दिनपछि मात्रै बरामद भएको सुनको वास्तविक तौल थाहा पाउन सकिन्छ ।

राजश्व अनुसन्धान विभागका एक अधिकारीले भने, ‘‘कुल एक सय ६० वटा ब्रेक शु फेला परेको थियो, तीमध्ये एउटाबाहेक सबैमा सुन रहेको पाइयो। अब ब्रेक शु निकालेर भित्रको सुन मात्र जोखिन्छ।’’

ब्रेक शुभित्र सुनका स-साना टुक्रा रहेकाले सबै निकालेर जोख्न केही समय लाग्ने विभागका अधिकारीले बताएका छन्। राजस्व अनुसन्धान विभागले मंगलबार काठमाडौंको सिनामंगलबाट भन्सार पास भइसकेको अवस्थामा ब्रेक सुमा लुकाएर राखेको सुन बरामद गरेको थियो।

नेपालबाट तस्करी गरेर किन भारत पुर्‍याइन्छ सुन  ?

ती ब्रेक सुमा १०० किलोग्रामभन्दा बढी सुन भएको अनुमान विभागको छ। राष्ट्र बैङ्कले सुन मात्रै जोखेपछि मात्रै यसको वास्तविक तौल थाहा हुनेछ।

बरामद गरिएको सुनको सुरक्षित भण्डारण गर्न तथा तौल लिन त्यसलाई नेपाल राष्ट्र बैंक पठाइसकिएको राष्ट्रिय अनुसन्धान विभागले जनाएको छ। बरामद सुन सुरुमा नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले तौलन्छ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट भन्छन्- ‘‘टक्सार महाशाखामा जोख्ने प्रक्रिया छ। बहुमूल्य वस्तु भएकाले एउटा समिति बनाएर जोख्ने काम गर्छ। समितिमा बरामद गर्ने सुरक्षा निकाय, भन्सार वा राजस्व अनुसन्धान विभागलगायत निकायका प्रतिनिधिसमेत हुन्छन्।’’

तौल लिइसकिएपछि महाशाखाले रिपोर्ट सार्वजनिक गर्ने उनले सुनाए।

जोखियो सुन, ‘ब्रेक शु’सहितको तौल १५५ किलो

यसरी निकालिन्छ वास्तविक तौल

सुन जोख्न सबैभन्दा पहिला गलाइन्छ। सुन गलाउनका लागि पनि ‘गलान कमिटी’ बनाइन्छ। सुनभित्र पनि मिसावट हुनसक्ने भएका कारण वा प्रक्रियाअनुसार सुन गलाएर मात्र जोख्ने गरिन्छ।

किनकि, सुन नगलाइकन कति मात्रामा छ भन्ने यकिन हुँदैन। सुन उच्च तापक्रममा गलाउनुपर्छ। ठूलो मात्रामा सुन गलाउनका लागि राष्ट्र ब्याङ्कमा ‘फर्निस’ भट्टी छ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल भन्छन्, “राष्ट्र बैंकका विभिन्न विभागका प्रतिनिधि र सुन ल्याउने सम्बन्धित निकायका प्रतिनिधिको रोहबरमा सुनलाई पगालिन्छ।

सुन बरामद प्रकरण : भाग्न लागेका चिनियाँ नागरिक विमानस्थलबाटै पक्राउ

त्यसपछि भने अझ वास्तविक तौल पत्ता लाग्छ।’’ त्यसलाई गुणस्तरलाई ‘टच’ भनिन्छ। बजारमा भने ‘क्यारेट’ भनिन्छ। सुन गलाएपछि त्यो दिन सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा कति चलेको छ त्यो मूल्यलाई आधार मानेर मूल्य निकालिन्छ। त्यो मूल्यमा पाँच प्रतिशत थपेर सरकारको खातामा पैसा जम्मा गरिन्छ।

कति समय लाग्छ सुन गलाउन ?

अहिले ब्रेक शुसहित सुन १ सय ५५ किलो छ। सुन मात्रै अलग गरेर लगाउनुपर्छ। धेरै परिमाणमा सुन भएकाले गलाउनका लागि तीनदेखि चार दिनसम्म लाग्ने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्।

एक अधिकारी भन्छन्, “सुनमा धेरै खालका सुन मिसाइएको कम गुणस्तरीय पाइमा केही धेरै समय लाग्न सक्छ। अन्यथा एक पटकमा १० किलोग्राम सुन गलाउन सकिन्छ। १० किलो सुन गलाउने प्रक्रिया पूरा गन दुई घण्टासम्म लाग्छ।’’ सुन मिसावटमुक्त गुणस्तरीय भएको खन्डमा तीनपटक गरी एकै दिन ३० केजीसम्म गलाउन सकिन्छ।

सुन प्रकरण : विमानस्थल भन्सारका दुई कर्मचारी र एक एजेन्ट निलम्बित

यसकारण आइतबारबाट सुन जोख्ने कमिटी र गलान कमिटी बनाएर काम गर्दा बुधबारसम्म गलान सकिने बताइन्छ। यसकारण बुधबार १० साउनसम्म सुनको वास्तविक परिमाण थाहा हुने र सो बराबरको रकममा पाँच प्रतिशत थपेर सरकारको ढुकुटीमा जाने बताइन्छ।

अहिले सुन टक्सार विभागमा चौबिसै घण्टा निगरानी गर्ने क्यामरासहितका राखिएको छ। त्यसकारण सुन तलमाथि हुने कुनै सम्भावना नरहेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्। अहिलेसम्म सुन तस्करी प्रकरणमा १० जना पक्राउ परेका छन्। तीमध्ये एक विदेशी नागरिक छन्।

विमानस्थलमा अझै सय किलो सुन लुकाएको हुनसक्ने शंका

कडा सुरक्षाकाबीच जोख्न लगिँदै ८ पोका सुन, हेर्नुहोस् पाँच फोटोमा

सुन तस्करी : पौडेलको नेतृत्वमा बन्यो छानबिन समिति, पाँच दिनभित्र प्रतिवेदन बुझाउने


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved