एनआईसी एसिया बैंक २६औं वर्षमा प्रवेश

नेपालभ्युज

एनआईसी एसिया बैंक २६औं वर्षमा प्रवेश

काठमाडौं। एनआईसी एसिया बैंक लिमिटेड आजबाट २६ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो २६औं वार्षिकोत्समा सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने संकल्पमा देशकै सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै गएकोप्रति आभार प्रकट गरेको छ ।

यस्तै, ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिने समस्त ग्राहकवर्ग, नियमनकारी निकाय, कर्मचारीहरूलगायत सम्पूर्ण सरोकारवालाहरूप्रति बैंकले आभार व्यक्त गरेको छ ।

त्यसैगरी, बैंकले आगामी दिनहरूमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवं सुविधाहरू प्रदान गर्दै थप नयाँ उचाइ र आयाम थप्ने अठोटसमेत व्यक्त गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved