एजेन्सी । साउन महिनामा जसरी हरियो रंगका कपडा तथा गरगहना लगाउने महत्त्व छ । त्यसरी नै साउनको महिनामा मेहेन्दी लगाउनुको पछाडि पनि खास महत्त्व छ । साउनमा मेहन्दी लगाउने परम्परा धेरै पहिलेदेखि चलिआएको छ । आउनुहोस् जानौं यस महिनामा मेहेन्दी लगाउनुको महत्त्वबारे जानौं–
साउनको महिनामा एकदमै तीव्र गतिमा पानी परिरहने गर्छ । यसले बिमारीहरू फैलने खतरा हुन्छ । यस्तोमा मेहेन्दीको प्रयोग गर्ने गरिन्छ । यसरी साउनको महिनामा मेहेन्दी लगाउने गर्दा शरीरको गर्मीलाई पनि टाढा भगाउन सकिन्छ । हरियो रंग पनि रोगहरूको रोकथामको लागि चिनिन्छ ।
मेहेन्दीको वासनाले शरीरमा चिसो दिन्छ र शरीरको तनावलाई कम गर्ने गर्छ । यही कारणले मेहेन्दी लगाउने परम्परा चलिआएको हो । त्यस्तो अर्को मान्यता रहेको छ, साउनको महिनामा मेहेन्दी लगाउँदा श्रीमान् श्रीमतीको सम्बन्ध पनि बलियो हुन्छ । त्यसैले, तपाईंले पनि मेहेन्दी लगाउनुहोला ।
त्यस्तै, मेहेन्दीको तासिर चिसो हुन्छ जसले गर्दा शरीरमा शीतलता दिने गर्छ । छालासँग सम्बन्धी धेरै समस्या पनि कम गर्छ । तर, मेहेन्दी भने एकदमै प्राकृतिक, कुनै पनि केमिकल नमिसाइएको हुनुपर्छ ।
त्यस्तै, मेहेन्दी लगाउँदा हातहरूको सुन्दरता बढ्नुका साथै यसले तनाव तथा टाउको दुख्ने समस्या पनि कम हुन्छ । त्यस्तै, मेहेन्दीको रंग जति गाढा निस्कन्छ त्यति नै श्रीमान्- श्रीमतीबीच प्रेम पनि गाढा हुन्छ भन्ने मान्यता पनि रहिआएको छ ।
Facebook Comment
Comment