कांग्रेसले तय गर्‍यो केन्द्रीय कार्यसमिति बैठकका १० प्रस्ताव

नेपालभ्युज

कांग्रेसले तय गर्‍यो केन्द्रीय कार्यसमिति बैठकका १० प्रस्ताव

काठमाडाैं | सत्तारुढ दल नेपाली कांग्रेसको मंगलवारदेखि शुरू हुने केन्द्रीय कार्यसमिति बैठकका लागि १० प्रस्ताव तय गरिएका छन् । सोमवार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले बैठकका प्रस्ताव तय गरेको हो

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री विश्वप्रकाश शर्माले दशवटा एजेण्डा तय गरिएको जानकारी दिए ।  महामन्त्री शर्माका अनुसार  केन्द्रीय कार्यसमिति बैठकमा समसामयिक विषय, सांगठनिक कार्ययोजना र कार्यतालिका, कार्यसम्पादन समितिका निर्णय अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदन प्रस्तुत, नीति अधिवेशन सम्बन्धी खाका, नीति अधिवेशनको मिति तोकिने, विभागहरू थप, गठन र कामको व्याख्या लगायत प्रस्ताव तय भएका छन् ।

बैठकमा राष्ट्रव्यापी अभियानको घोषणासँगै नाम, उद्देश्य, खाका प्रस्तुत हुने, अनुशासन समितिको प्रतिवेदन प्रस्तुत गरिने, प्रतिनिधिसभाका गतिविधिको भूमिकाबारे प्रमुख सचेतकले जानकारी गराउने र सरकारको सहभागिताबारे उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउने प्रस्ताव तय गरिएको  शर्माले जानकारी दिए ।

उनले बैठकको प्रत्यक्ष प्रशारण गर्ने सम्बन्धमा पनि छलफल भइरहेको बताए । काँग्रेस केन्द्रिय कार्यसमिति बैठक भोलि (मंगलवार) दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved