सी-सेक्सन पछि कम हुँदैन पेट ? जानौं यसका मिथक र तथ्य

नेपालभ्युज

सी-सेक्सन पछि कम हुँदैन पेट ? जानौं यसका मिथक र तथ्य

एजेन्सी । अहिलेको अवस्थामा सी-सेक्सन वा अप्रेशन गरेर बच्चा जन्माउनु सामान्य जस्तै भइसकेको छ । तर पनि मानिसहरु माझ सी-सेक्सनलाई लिएर धेरै प्रकारका मिथकहरु छन् । जसले गर्दा कतिपय महिलाहरु सी-सेक्सन गराउन डराउँछन् ।

धेरैले अहिले पनि सी-सेक्सन गरेर बच्चा जन्माउनु सही हुँदैन भन्छन् । यदी तपाईंलाई पनि सी-सेक्सनसम्बन्धी फैलिएका मिथकहरुप्रति विश्वास छ भने आज हामी ती मिथक र तथ्यका बारेमा बताउन गइरहेका छौं ।

मिथक :  सी-सेक्सन पछि स्तनपान गराउन समस्या हुन्छ ?

तथ्य : प्रायः धेरै व्यक्तिलाई लाग्ने गर्छ सी-सेक्सन डेलिवरीपछि महिलाहरुलाई स्तनपान गराउन समस्या हुन्छ । तर यो कुरा पूर्ण रुपमा गलत छ । नर्मल होस् वा सिजेरियन स्तनपान गराउनमा यसको कुनै प्रभाव पर्दैन । सी-सेक्सनपछि महिलाहरुले त्यसरी नै स्तनपान गराउन सक्छन् जसरी उनीहरु नर्मल डेलिवरीमा गराउँछन् । तर यदी स्तनपान गराउनका लागि समस्या भइरहेको छ वा अन्य केही समस्या छ भने डाक्टरसँग देखाउन जरुरी हुन्छ ।

मिथक : सी–सेक्सन डेलिवरी होइन, अप्रेशन हो ।

तथ्य : धेरै मानिसको मनमा यो भ्रम छ कि सी-सेक्सनमा त अपरेशन गरेर बच्चा जन्मिएको हो त्यसैले यो डेलिवरी हुँदैन । तर यो कुरा एकदमै गलत छ । किनकी जब बच्चा महिलाको शरीरबाट बाहिर आउँछ त्यो डेलिवरी नै हुन्छ । चाहे बच्चा नर्मल तरिकाले आएको होस् वा अपरेशन गरेर आएको होस् । त्यसलाई डेलिवरी नै भनिन्छ ।

मिथक : सी–सेक्सन भएपछि कहिल्यै नर्मल डेलिवरी हुन सक्दैन ।

तथ्य : धेरैलाई लाग्ने कुरा के छ भने सी-सेक्सन गरेर डेलिवरी भएपछि अर्कोपटक नर्मल डेलिवरी हुन एकदमै गाह्रो हुन्छ । यो कुरा पनि पूर्ण रुपमा सही छ भन्न सकिँदैन । किनकी सिजेरियन पछि पनि नर्मल डेलिवरी हुन सक्छ । तर यसका लागि केही धेरै कुराहरु मिलेको हुनुपर्छ । स्वास्थ्य समस्या, सिजेरियन गर्दा लागेका टाँका, मेडिकल कन्डिशन आदि केही समस्या छ कि छैन ।

मिथक : सी-सेक्सन पछि तौल कम गर्न समस्या हुन्छ ।

तथ्य  : कैयौं महिलाहरुलाई यस्तो लाग्छ सी-सेक्सन गरेपछि मोटोपनको शिकार भइन्छ । जसलाई कम गर्न पनि एकदमै गाह्रो हुन्छ । तर यस्तो कुनै पनि हालतमा सही छैन । सी-सेक्सन डेलिवरीपछि तौल घटाउन समस्या हुन सक्छ तर कम नै हुँदैन भन्ने होइन । खासगरी सी-सेक्सनपछि शरीरलाई रिकभर हुन अलि समय लाग्ने भएकाले तौल कम गर्ने प्रक्रिया पनि लामो हुन सक्छ । तर हुँदै हुँदैन भन्ने सही कुरा होइन ।

मिथक : सी-सेक्सन पछि पोस्टपार्टम ब्लीडिंग कम हुन्छ ?

तथ्य : धेरै महिलाहरुलाई नै लाग्ने गर्छ कि सी-सेक्सन पछि योनीबाट ब्लीडिंग कम हुन्छ । तर यो कुरा पूर्ण रुपमा गलत छ । तपाईं जस्तो खालको डेलिवरी गरेपनि पोस्टपार्टम ब्लीडिंग एउटै प्रकारको हुन्छ । डेलिवरीको तरिकाले यसमा कुनै पनि प्रभाव पर्दैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved