एलओडीमा किशोरीलाई मदिरा खुवाएर बलात्कार गर्ने पुरुष जेल चलान

एलओडी क्लबमा मदिराले मातेकी किशोरीलाई सानेपा लगेर बलात्कार गरेको आरोप लागेका व्यक्तिलाई कारागार चलान भएका छन्। कास्कीका ४९ वर्षीय सुदनबहादुर कोइरालालाई ललितपुर जिल्ला अदालतले कारागार चलान गर्ने आदेश भएको हो।

नेपालभ्युज

एलओडीमा किशोरीलाई मदिरा खुवाएर बलात्कार गर्ने पुरुष जेल चलान

काठमाडौं। एलओडी क्लबमा किशोरीलाई मदिरा खुवाएर सानेपा लगी बलात्कार गरेको आरोप लागेका व्यक्ति कारागार चलान भएका छन्।

कास्कीका ४९ वर्षीय सुदनबहादुर कोइरालालाई ललितपुर जिल्ला अदालतले कारागार चलान गर्ने आदेश भएको हो।

१५ वर्षीया किशोरी जेठ ३० गते राति एलओडी क्लब गएकी थिइन्। कोइरालाले उनलाई सानेपास्थित आफ्नो अफिस कोठामा बलात्कार गरेको आरोपपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।

कोइराला र ती किशोरीबीच त्यही दिन भेटघाट भएको थियो। कोइरालाले पीडित किशोरीले भने बमोजिम एलओडीमा मदिरा किनिदिएको र ७ हजार रुपैयाँमा रात बिताउने सहमतिअनुसार आफ्नो अफिस कोठामा पुर्‍याएको दाबी गरेका छन्।

नाबालिगलाई ठमेलको क्लबमा मदिरा खुवाएर ललितपुर लगी बलात्कार

पक्राउ परे एलओडीका सञ्चालक राजु सिंह

उमेर नपुगेकी किशोरीलाई क्लब प्रवेश गराएको भन्दै एलओडीका अर्का सञ्चालक पक्राउ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved