लक्ष्मी र सनराइज बैंकको आजदेखि एकीकृत कारोबार सुरु

नेपालभ्युज

लक्ष्मी र सनराइज बैंकको आजदेखि एकीकृत कारोबार सुरु

काठमाडौं। लक्ष्मी बैंक र सनराइज बैंकले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुई वाणिज्य बैंक एक आपसमा मर्ज भएर ‘लक्ष्मी सनराइज’ बैंक बनेका छन् । लक्ष्मी बैंक र सनराइज बैंक १ : १ को अनुपातमा आपसमा मर्जर भएर एकीकृत कारोबार सुरु गरेका हुन् ।

मर्जरमा जानका लागि बैंकहरूले जेठ ८ गते सहमति गरेका थिए भने असार असार ३ गते बसेको वार्षिक साधारणसभाबाट मर्जर स्वीकृत गरेका थिए । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको संख्या घटाउने लक्ष्यसहित लामो समयदेखि मर्जरलाई प्राथमिकतामा राख्दै आएको छ ।

दुई बैंक मर्ज भएर एकीकृत कारोबार सुरु गरेपछि चुक्ता पुँजी २१ अर्ब ६७ करोड रुपैयाँ पुग्नेछ । यसअघि, लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड र सनराइजको १० अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी थियो । केन्द्रीय बैंकले यही वर्षको असार मसान्तसम्म मर्जरमा जाने बैंकहरूलाई छुट सुविधा घोषणा गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved