भ्रष्टाचार गर्न होइन, आवश्यकताले नै जहाज थप्दै छौंः मन्त्री किराती

तीनवटा साना जहाज थप्दै निगम

नेपालभ्युज

भ्रष्टाचार गर्न होइन, आवश्यकताले नै जहाज थप्दै छौंः मन्त्री किराती
फाइल फोटो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै मन्त्री किरातीले जहाज खरिद गर्नु निजी स्वार्थको विषयभन्दा पनि राष्ट्रिय आवश्यकता भएको बताएका हुन् ।

दुर्गम क्षेत्रमा विमानस्थलहरु बनेपनि जहाजको अभाव भएको उनको भनाइ छ । जहाजको अभावकै कारण विमानस्थलको औचित्यमाथि नै प्रश्न उठेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

दुर्गम क्षेत्रमा उडान गर्दा नाफा नहुने भएकोले निजी क्षेत्र त्यसतर्फ आकर्षित नदेखिएको उनको भनाइ छ । उनले नेपाल वायु सेवा निगमले तीनवटा साना जहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाएको पनि जानकारी गराए । कुन प्रक्रियाबाट खरिद गर्ने भन्नेकुरा निगमकै विज्ञ र पदाधिकारीले निर्धारण गर्ने उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved