मेहेन्दीमा चियापत्ती मिसाएर लगाउँदा हुने फाइदा

नेपालभ्युज

मेहेन्दीमा चियापत्ती मिसाएर लगाउँदा हुने फाइदा

एजेन्सी। प्राकृतिक मेहेन्दी कपालका लागि एकदमै धेरै फाइदाजनक हुन्छ । साथै यसमा चियापत्ती मिसाएर लगाउँदा विभिन्न फाइदाहरू पाउन सकिन्छ ।

मेहेन्दीमा चियापत्ती मिसाएर लगाउँदा कपालको रुखोपनबाट छुट्कारा पाउन सकिन्छ । यसले तपाईंको कपाल मुलायम तथा चम्किलो बनाउँछ । यसका लागि चियापत्तीको पानी तयार गर्नुहोस् र उक्त पानीमा मेहेन्दी भिजाएर लगाउनुहोस् ।

त्यस्तै, प्राकृतिक रुपमै कपालमा सुन्दर कलर ल्याउनका लागि पनि मेहेन्दीमा चियापत्ती मिसाएर लगाउन सकिन्छ । चियापत्तीले मेहेन्दीको रंगलाई गाढा बनाएर अझै सुन्दर बनाउन मद्दत गर्छ । कपाल झर्ने समस्या छ भने पनि चियापत्ती पानीमा मेहेन्दी भिजाएर लगाउँदा समस्या कम हुँदै जान्छ ।

यी दुवैको संयोजनले कपाललाई चाहिने पोषक तत्त्व प्रदान गर्छ जसले गर्दा कपाल झर्न कम हुन्छ । नयाँ कपाल पलाउन समेत शुरु गर्छ । साथै, कपाल बलियो तथा चायाँरहित हुन्छ । कपालमा चायाँले गर्दा टाउको चिलाउने आदि समस्या छ भने पनि प्राकृतिक मेहेन्दीमा चियापत्तीको पानी मिसाएर लगाउनुहोस् ।

यदि, टाउको तथा कपाललाई स्वस्थ बनाउन चाहनुहुन्छ भने समय समयमा मेहेन्दीलाई चियापत्तीमा भिजाएर लगाउन सकिन्छ । यसरी कपाल र स्काल्पको स्वास्थ्य राम्रो हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved