प्रचण्डलाई नै टुहुरो बनाएर बिदा भइन् सीता

नेपालभ्युज

प्रचण्डलाई नै टुहुरो बनाएर बिदा भइन् सीता

काठमाडौं। राजनीतिक उतारचढावका बीचमा परिवार पनि अशान्त रहेको पुष्पकमल दाहाल प्रचण्डको पत्नी सीता आरोह र अवरोहमा साथी थिइन्। छोराको निधनपछि बौरिन नसकेकी उनी श्रीमान् प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री भएको थाहै नपाई बितिन्।

छोरा बित्नुअघि भने सीताले पति प्रचण्डलाई हरदम साथ दिइन्। २०७० चैतमा जेठी छोरी ज्ञानुको क्यान्सरबाट कष्टप्रद मृत्युले घाइते बन्दासम्म सीता सम्हालिएकी थिइन्।

तैपनि, आफ्ना श्रीमानको हरेक राजनीतिकदेखि सामाजिक गतिविधिमा साथ छुटाइनन्। त्यसको चारवर्षपछि छोरा प्रकाश अस्ताए। पुत्र वियोगमा सम्हालिन नसकेकी सीता ओछ्यानमै थला परिन्।

छोरीपछि छोरा गुमाउनुको पीडाले थलिएकी आमा अब कहिल्यै नउठ्ने गरी बिदा भएकी छिन्। प्रचण्डले अर्धाङ्गिनी अर्थात् आधा अङ्ग मात्र गुमाएनन, गुमाए एक असल साथी पनि। सीता उनै प्रचण्डलाई नै टुहुरो बनाएर बिदा भएकी छिन्।

000

देशको राजनीतिमा उथलपुथल ल्याउने युद्धको नेतृत्व गरिरहेका सुप्रिमोलाई उनले सधैँ साथ दिइराखिन्। यो यात्रा २ असार २०६३ मा माओवादी ‘सुप्रिमो’ प्रचण्ड बालुवाटारमा सार्वजनिक हुँदा पनि कायमै थियो। त्यसपछि पनि कायमै रह्यो। सीता एक गृहिणी थिइन्। गृहिणीबाट भूमिगत राजनीतिमा सक्रिय सहभागी भइन्। पार्टी सदस्य हुँदै केन्द्रीय सदस्य भइन्।

प्रचण्ड प्रधानमन्त्री भएको थाहै नपाई बितिन् सीता

विवाह हुँदा प्रचण्ड केवल १५ वर्षका थिए। सीता पनि झन्डै ६ महिनाले जेठी थिइन्। बिहे हुँदा प्रचण्ड १० कक्षामा पढ्दै थिए। बिहेपछि प्रचण्ड अधिकांश समय परिवारसँग रहेनन्। सुरुमा काठमाडौं पढ्न गए। उता पत्नी सीता परिवारका अरू सदस्यसँग थिइन्।

भाँडा माझ्ने र चुल्होमा एक्लै काम गर्थिन् सीता। म बिहानै सबेरै उठेर पानी ल्याउनु, दैलो पोत्नु दैनिकी थियो। असाध्यै कष्टसाध्य जीवन बाँचेर हुर्केर आएको उनले एक टेलिभिजन अन्तरवार्तामा भनेकी थिइन्। प्रचण्डले पछि गोरखाको आरुघाटमा अढाई वर्ष जति पढाए। परिवारका अरू सदस्यसँग प्रचण्ड छुट्टिए।

परिवारसँग अलग भएपछि सीताका सुरुआती केही वर्ष निकै सकसपूर्ण बिते। किनकि, प्रचण्ड राजनीतिमा लागिसकेका थिए। २०३८ सालमा कान्छा छोरा प्रकाश जन्मिए। लगतै प्रचण्ड भूमिगत भए। पञ्चायती प्रशासनका प्रहरी घरमा आउने र खानतलासी गरिरहन्थ्यो।

बहुदलीय व्यवस्था थिएन। दलमा लागेकालाई कारबाही हुन्थ्याे। श्रीमान् प्रचण्ड पार्टीमा भूमिगत रूपमा लागेकाले घर आउन सम्भव थिएन। घरमा भएका साना साना सन्तान हुर्काउँदै घरगृहस्थी चलाउने काम सीता एक्लैले गरिन्।

सीतालाई श्रद्धाञ्जलि दिन नेता तथा कूटनीतिज्ञ पेरिसडाँडामा (तस्वीरहरू)

बच्चा हुर्काउनका लागि सीताले माइतबाट एउटा भैँसी ल्याइन्। घरमा अंशबन्डा गर्दा दुइटा भैँसी आएको थियो। बस्तुभाउसँगै उनले खेतीपातीको काम गरिन्, अर्काेतर्फ बालबच्चा सम्हालिनुपर्ने बाध्यता थियो।

प्रचण्ड घर आउन पाउने थिएनन्। पक्राउ पर्ने खतरा हुन्थ्यो। कहिले-कहिले राति राति लुकेर घर आउनुपर्थ्यो। त्यसको झन्डै आठ वर्षपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। बल्ल प्रचण्डले घर परिवारलाई मज्जैले भेट्न पाए। केही वर्षपछि पार्टीले जनयुद्ध थाल्यो। सीताको जीवनमा अर्को कठिन समय सुरु भयो।

प्रचण्ड थिए युद्धको नेतृत्वकर्ता। परिवारको व्यवस्थापन झनै चुनौतीपूर्ण थियो। प्रचण्डले सिंगो परिवारलाई पार्टीमा समाहित गराए। युद्धको जोखिमका बीच तत्कालीन माओवादीको आधार क्षेत्रमा उनीहरू सीता र प्रचण्ड सँगै रहे।

तस्वीरमा सीताको शवयात्रा (तस्वीरहरू)

१० वर्षे युद्धको समयमा हरेक दिन अप्रिय खबर सुन्नु नियमितता थियो। युद्धका बेला भारत हुँदै रोल्पा–रुकुमका भूगोलमा सीता र प्रचण्ड आवतआवत हुन्थ्यो। त्यो सयमा सर्वाधिक खोजीमा थिए नेतृत्वकर्ता प्रचण्ड। त्यो समयमा पति प्रचण्डलाई जोगाउन सीताले नै महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्।

विभिन्न उतारचढाव पार गरेपछि युद्ध शान्तिपूर्ण राजनीतितिर अगाडि बढेपछि सीता पनि बालुवाटार आइन्। सत्तामा आएपछि माओवादीका धेरै नेता बदलिए। उनीहरूका पत्नी र परिवारको जीवनशैलीमा राजसी ठाँटबाट देखिन्थ्यो। तर, सीताको भने सधैं उस्तै सादगी रह्यो। प्रचण्डले पत्नीका कारण कुनै विवाद खेप्नुपरेन।

प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीको समवेदना

प्रचण्डले दिए पत्नी सीतालाई दागबत्ती


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved