नेसपाको ६ महिने संगठन निर्माण र विस्तार अभियान साउन १ देखि सुरु हुने, विभिन्न कार्यक्रमहरू तय

नेपालभ्युज

नेसपाको ६ महिने संगठन निर्माण र विस्तार अभियान साउन १ देखि सुरु हुने, विभिन्न कार्यक्रमहरू तय

काठमाडौं। नेपाल समाजवादी पार्टीले संगठन निर्माण र विस्तार अभियान साउन १ गतेदेखि ६ महिनासम्म सञ्चालन गर्ने भएको छ ।

अभियानको सुरुवातमा साउन १ गते देशभर वृक्षारोपण कार्यक्रम सञ्चालन हुने नेसपाले जानकारी दिएको छ । वृक्षारोपणसँगै जिल्ला जिल्लामा अभियान उद्घाटन कार्यक्रम सञ्चालन हुने बताइएको छ । मंगलबार बसेको बैठकले यस्तो कार्यक्रम तय गरेको हो ।

अभियानको सुरु चरणमा प्रदेश स्तरीय प्रशिक्षण बैठक हुने बताइएको छ । जसमा कोशीमा साउन १५ गते, मधेशमा १७ गते, बागमतीमा १९ गते, गण्डकीमा २३ गते, लुम्बिनीमा २५ गते, कर्णालीमा २७ गते र सुदूरपश्चिममा २९ गते बैठक हुनेछ ।

त्यस्तै, बैठकले अभियान सञ्चालनका लागि विभिन्न प्रदेशहरुमा केन्द्रीय कार्यकारिणी समितिका विभिन्न नेताहरुलाई अभियानको नेतृत्वमा चयन पनि गरेको छ । जसअनुसार कोशी प्रदेशमा हिसिला यमी, मधेश प्रदेशमा अध्यक्ष महेन्द्र यादव, बागमती प्रदेशमा गंगा श्रेष्ठ, गण्डकी प्रदेशमा अध्यक्ष बाबुराम भट्टराई, लुम्बिनी प्रदेशमा गोविन्द चौधरी, कर्णाली प्रदेशमा भक्तबहादुर साह र सुदूरपश्चिम प्रदेशमा दुर्गा सोव र जनक शाहको नेतृत्वमा अभियान सञ्चालन हुनेछ ।

त्यसैगरी, अभियानको प्रभावकारिता अनुगमन गर्न अनुगमन समिति पनि बनाइएको छ । राजनीतिक समिति सदस्य महेन्द्र श्रेष्ठको नेतृत्वमा अनुगमन समिति बनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved