एक वर्षपछि कांग्रेस कार्यसमितिको बैठक आज बस्दै

नेपालभ्युज

एक वर्षपछि कांग्रेस कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । झण्डै एक वर्षपछि कांग्रेस केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ । बैठक केन्द्रीय कार्यालय सानेपामा बुधवार दिउँसो १ बजे बैठक सुरु हुनेछ ।

अघिल्लो वर्ष साउनपछि केन्द्रीय समिति बैठक बस्न सकेको थिएन। आजदेखि सुरु हुने बैठकमा विभिन्न एजेन्डा रहेका छन् । एक वर्षको बीचमा भएका निर्णयहरू अनुमोदन गराउने देखी भातृ संगठन सम्बन्धी गरेको निर्णय र विस्तारका बारेमा पुर्नविचार गर्ने एजेन्डा रहेको कांग्रेसले जनाएको छ ।

यसैगरी, महाधिवेशन सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनका बारेमा निर्णय गरिनेछ । जसअनुसार नीति महाधिवेशनको मिति र स्थान तय गरिने कांग्रेसले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved