पटक पटक आउने नराम्रो सपनाबाट यसरी पाउनुहोस छुट्कारा

नेपालभ्युज

पटक पटक आउने नराम्रो सपनाबाट यसरी पाउनुहोस छुट्कारा

एजेन्सी । यदि तपाईंलाई पटक पटक लगातार नराम्रो सपना आइहेका छन् भने ज्योतिषले बताएको केही उपायहरु अपनाउन सक्नुहुन्छ ।

  •  यदी पटक पटक नराम्रो सपना आइरहेका छन् भने सुत्नुअघि हातमुख धुनुहोस् वा नुहाउनुहोस् । यसले मनमा नकारात्मकता हावी हुँदैन ।
  •  यस्तो अवस्थामा तपाईं सुत्नुअघि आफ्ना इष्ट भगवानको मन्त्र पनि जप गर्न सक्नुहुन्छ । वा कुनै माला जपेर सुत्नुहोस् ।
  • त्यस्तै नराम्रो सपना आइरहने समस्याबाट बच्नका लागि ज्योतिषले बताएअनुसार हनुमान चालीसाको पाठ गर्न पनि सकिन्छ । यसले डर टाढा भाग्छ र मन शान्त रहन्छ ।
  • सत्नुअघि ओछ्यानको वरिपरि जुत्ता चप्पल नखोल्नुहोस् । वा चप्पल जुत्तालाई सुत्ने कोठामा नराख्नुहोस् । यसले पनि नकारात्मक ऊर्जालाई आकर्षित गर्ने गर्छ । जसले गर्दा नराम्रो सपनाहरु आउँछन् ।
  •  त्यस्तै ज्योतिषशास्त्रका अनुसार लगातार नराम्रो सपना आएमा मयुरको प्वाखलाई सिरानीमुनी राख्ने उपाय समेत बताइएको छ ।
  •  यदी तपाईंलाई कुनै एउटा दिशामा सुत्दा नराम्रो सपना आइरहेको छ भने तपाईंले ओछ्यानको दिशा परिवर्तन पनि गर्न सक्नुहुन्छ । यसले पनि धेरै नै फरक पर्नेछ ।
  •  सुत्नुअघि सधैं लगाएको कपडा बदलेर मात्र सुत्नुपर्दछ । दिनभर लगाएको कपडा फोहोर हुन्छ जसले गर्दा नराम्रो विचारहरु आउँछन् । त्यसैले सुत्नुअघि सधैं सफा कपडा फेरेर नै सुत्नुपर्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved