इक्यान अधिवेशन: शेषराजको समूहबाट उपाध्यक्षमा गीता सिवाकोटीको उम्मेदवारी

नेपालभ्युज

इक्यान अधिवेशन: शेषराजको समूहबाट उपाध्यक्षमा गीता सिवाकोटीको उम्मेदवारी

काठमाडौं। शैक्षिक परामर्श संघ (इक्यान)को आसन्न अधिवेशनमा अध्यक्षका उम्मेदवार शेषराज भट्टराईको समूहबाट उपाध्यक्षमा गीता सिवाकोटी (गीताञ्जली)ले उम्मेदवारी दिने भएकी छिन्।

कास्की इक्यानको कोषाध्यक्ष हुँदै केन्द्रमा आएकी सिवाकोटीले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेकी हुन्। प्रस्ट दृष्टिकोण र प्रभावकारी योजना बनाउन सक्ने खुबी भएकी उनले संस्थाको थप उन्नयनका लागि आफूले उम्मेदवारी दिने तयारी गरेको बताइन्।

‘‘देशको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको इक्यानलाई राज्यले आवश्यक सम्बोधन गर्न सकेको छैन’’, गीताले भनिन्, ‘‘इक्यानलाई राज्यकै अंगको हिसाबमा विकास गर्न जरुरी छ । त्यसकै लागि मैले उम्मेदवारी घोषणा गरेकी हुँ।’’

सिवाकोटीलाई इक्यानभित्र निकै सशक्त प्रतिस्पर्धीका रूपमा लिइन्छ। कास्की इक्यानको कोषाध्यक्षमा तीन कार्यकाल काम गरेकी गीताले पोखरामा शैक्षिक परामर्श संस्थालाई स्थापित गराएकी थिइन्। शिक्षा क्षेत्रमा नेतृत्वमा पुग्ने महिलाहरू नहुँदैगर्दा गीतको उम्मेदवारीले चर्चा पाएको छ।

यसपछिको अर्काे अधिवेशनमा अध्यक्षकै उम्मेदवारीका रूपमा हेरिएको हालको उपाध्यक्षको उम्मेदवार गीतलाई फरक प्यानलका केही सदस्यले समेत सघाउने तयारी गरेका छन्।

इक्यानलाई कुशल नेतृत्वसँगै नीतिगत हिसाबमा शक्तिशाली बनाउनका लागि आफूले उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ ।

वौद्धिक व्यक्तित्वको छवि बनाएकी गीता इक्यानभित्र सर्वप्रिय छिन्।

कुशल नेतृत्व क्षमता भएकी गीता ई ग्लोबल इन्टरनेसनल कन्सलटेन्सीकी सञ्चालन हुन्।

सिवाकोटीसँगै अध्यक्षका उम्मेदवार भट्टराईको समूहबाट अन्य पदाधिकारीमा पनि सशक्त उम्मेदवारहरू मैदानमा उत्रँदैछन्।

इक्यान अधिवेशन : अध्यक्ष उम्मेदवार भट्टराईका निर्वाचनलक्षित पाँच प्रतिवद्धता

नयाँ नेतृत्व चयनका लागि शनिबार काठमाडौंमा इक्यानको अधिवेशन हुँदैछ। इक्यानको अध्यक्षका लागि अहिलेका उपाध्यक्ष शेषराज भट्टराईले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन्।

इक्यानलाई कुशल नेतृत्वसँगै नीतिगत हिसाबमा शक्तिशाली बनाउनका लागि आफूले उम्मेदवारी घोषणा गरेको भट्टराईको भनाइ छ।

इक्यान अध्यक्षमा भट्टराईको उम्मेदवारी घोषणा

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved