कम्युनिस्ट आन्दोलनमा पुष्पलालको भूमिका अतुलनीय: प्रचण्ड

नेपालभ्युज

कम्युनिस्ट आन्दोलनमा पुष्पलालको भूमिका अतुलनीय: प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कम्युनिस्ट आन्दोलनमा स्व. पुष्पलाल श्रेष्ठको भूमिका अतुलनीय रहेको बताएका छन् । श्रेष्ठले नेपाली कम्युनिस्ट आन्दोलनलाई राजनीतिक, वैचारिक र सांगठनिक रुपमा उल्लेख्य योगदान दिएको उल्लेख गर्दै प्रचण्डले पुष्पलालको प्रशंसा गरेका हुन् ।

सोमबार पुष्पलाल राष्ट्रिय पुरस्कार वितरण समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले युगान्तकारी राजनीतिक परिवर्तनसहितको संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न पुष्पलालले गरेको योगदान अनुकरणीय रहेको बताए ।

‘नेपालको कम्युनिस्ट आन्दोलन मात्रै नभएर सिंगो कम्युनिस्ट आन्दोलन अघि बढाउन उहाँको निक्कै ठुलो योगदान छ’, प्रचण्डले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved