कोशी प्रदेशका नवनियुक्त ३ मन्त्रीले लिए शपथ

नेपालभ्युज

कोशी प्रदेशका नवनियुक्त ३ मन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेशका ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण गर्नेहरूमा सत्तारूढ दल नेपाली कांग्रेसका रामकुमार खत्री छन् ।

यस्तै सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) बाट जीवन आचार्य र राजेन्द्र कार्की छन् । आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् भने खत्री र कार्की बिनाविभागीय छन् ।

यसअघि बिहीबार कांग्रेसका प्रदीप सुनुवार नेकपा (एकीकृत समाजवादी) का कमल जबेगुले बिनाविभागीय मन्त्रीकै रूपमा शपथ ग्रहण गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved