दिक्तेलमा शिक्षकको हाजिरी वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था हट्यो

नेपालभ्युज

दिक्तेलमा शिक्षकको हाजिरी वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था हट्यो

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा शिक्षकको हाजिरीको प्रतिलिपि वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था निष्क्रिय पार्ने सहमति भएको छ ।

तत्कालीन नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईको पालामा बनाइएको नगर शिक्षा नियमावली अव्यवहारिक भएको जनाउँदै जिल्लास्थित शिक्षक सङ्घ–सङ्गठन विरोध गर्दै आएका थिए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरप्रमुख तीर्थराज भट्टराईको अध्यक्षतामा शनिबार भएको छलफलका क्रममा नगर कार्यपालिकाको आगामी बैठकबाट नगर शिक्षा नियमावली, २०७६ को नियम २७ (ङ)लाई निष्क्रिय गर्ने, आगामी नगरसभाबाट शिक्षा नियमावली संशोधन गर्ने, शैक्षिक सुधारका कार्यहरूलाई निरन्तर अगाडि बढाउने, शिक्षकहरूले घोषणा गरेका आन्दोलनका कार्यक्रम फिर्ता लिने र नगरपालिका र शिक्षक सङ्घ–सङ्गठनबीच भएको सम्झौतालाई पूर्णरूपमा पालना गर्ने सहमति भएको छ ।

नगरपालिकासँग भएको सहमतिपछि आफूहरूको आन्दोलनसमेत फिर्ता भएको शिक्षकले बताएका छन् ।  सहमतिपत्रमा वडा नं १ का वडाध्यक्ष राईले भने हस्ताक्षर गरेका छैनन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लागू गरेको नगर शिक्षा नियमावली, २०७६ को नियम २७ (ङ)मा वडाभित्र सञ्चालित विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको हाजिरीको प्रतिलिपि वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था छ । उक्त व्यवस्था शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली २०५९ सँग बाझिएकाले संशोधन वा खारेजीको माग गर्दै जिल्लास्थित शिक्षकहरूले पटक–पटक विरोध गर्दै आएका थिए ।

आन्दोलनकै कार्यक्रमअन्तर्गत जिल्लास्थित सबै शिक्षक सङ्घ÷सङ्गठनले तत्कालीन नगरप्रमुख रिजाल र उपप्रमुख राईको पा

लामा पारित गरिएको नियमावली संशोधन गर्न माग गर्दै गत २०७९ पुस १ गतेदेखि आन्दोलन गर्दै आएको थियो । यसअघि नगरपालिका र शिक्षकबीच भएको छलफल तथा वार्ताका क्रममा गत असार १० गते सम्पन्न नगरसभाबाट उक्त बुँदा संशोधन तथा खारेज गर्ने बताइए पनि कार्यान्वयन नभएको भन्दै शनिबार नगरप्रमुख भट्टराईलाई ज्ञापनपत्र बुझाइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved