संसदका दुवै बैठक बस्दै, एमालेको अवरोध कायमै रहने

नेपालभ्युज

संसदका दुवै बैठक बस्दै, एमालेको अवरोध कायमै रहने

काठमाडौं। संघीय संसदका दुवै बैठक आज बस्दैछन् ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक साढे ११ बस्ने तालिका छन् । शुक्रवारको बैठकमा तीनवटा विधेयक प्रस्तुत हुनेगरी संघीय संसद् सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

तर नेकपा एमालेले आज पनि संसद चल्न नदिने संकेत गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिका कारण नेकपा एमालेले पछिल्ला केहीदिनदेखि संघीय संसदका दुवै बैठक चल्न दिएको छैन ।

एमालेले प्रधानमन्त्रीको राजीनामा नै बटमलाइन भएको दाबी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved