मिटरब्याज पीडितकै पक्षमा छौं : रवि लामिछाने

नेपालभ्युज

मिटरब्याज पीडितकै पक्षमा छौं : रवि लामिछाने

लुम्बिनी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले जनताका मुद्दालाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । उनले रास्वपा सरकारमा जाँदा पनि जनताका मुद्दालाई पहिलो प्राथमिकतामा राखेर गएको समेत दाबी गरे ।

रास्वपा लुम्बिनी प्रदेश कमिटीको आयोजनामा आजदेखि भैरहवामा आयोजित प्रदेशस्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनु हुँदैन भनेर रास्वपाले कहिलै नभनेको र के कुरामा विरोध गर्ने र के कुरामा विरोध नगर्ने भन्नेमा रास्वपा स्पष्ट रहेको बताए ।

उनले रास्वपाले कुनै दलसँग गठबन्धन गर्न जरुरी नरहेको बताउँदै विगतको निर्वाचनमा भएभरका पार्टी एकजुट हुँदा पनि रास्वपाले एक्लै लडेर राम्रो नतिजा ल्याएको बताए । उनले रास्वपा मिटरब्याज पीडितको पक्षमा रहेको र आगामी बैठकमा यसबारे आवाज उठाउने बताए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved