माधव नेपालले पाए समाजवादी मोर्चा संयोजन कार्यदलको जिम्मा

नेपालभ्युज

माधव नेपालले पाए समाजवादी मोर्चा संयोजन कार्यदलको जिम्मा

काठमाडौं । समाजवादी मोर्चा नेपालले आगामी नीति र आचारसंहिता बनाउनका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ । उक्त कार्यदलको नेतृत्व गर्ने जिम्मेवारी माधव नेपालले पाएका छन् । नेपाल नेतृत्वको कार्यदलमा नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपा नेता खड्गबहादुर विश्वकर्मा रहेका छन् ।

शनिबार एकीकृत समाजवादीको केन्द्रीय कार्यलयमा बसेको बैठकले उक्त निर्णय गरेको हो । मोर्चा गठन भएको तीन हप्ता बितिसकेपछि पहिलो पटक बैठक बसेको हो ।

बैठकले नेपाल नेतृत्वको कार्यदललाई बैठकको अध्यक्षताकाे माेडालिटी, मार्चाको आगामी नीति तथा कार्यक्रम र आचारसंहिता बनाउने जिम्मेवारी दिएको बैठकमा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

माेर्चाको अर्काे बैठकले अध्यक्षताका सन्दर्भमा माेडालिटी नबनाउँदासम्म नेकपा एसका अध्यक्ष माधव नेपालले बैठकको अध्यक्षता गर्ने पनि उनले जानकारी दिए ।

असार २७ गते कार्यक्रमको मिति घोषणा हुने उनले जानकारी दिए । हरेक ६ महिनामा मोर्चाको अध्यक्ष एकजनाले गर्ने विषयमा छलफल सुरु भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved