यी ठाउँमा आज भारी वर्षाको सम्भावना

नेपालभ्युज

यी ठाउँमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । बाग्मती, कर्णाली र कोशी प्रदेशका केही ठाउँमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, राति कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा मेघ–गर्जन र चट्याङसहित ठूलो पानी पर्ने अनुमान रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved