नेतृत्वप्रति कांग्रेस जिल्ला सभापतिका गुनासैगुनासा

नेपालभ्युज

नेतृत्वप्रति कांग्रेस जिल्ला सभापतिका गुनासैगुनासा

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टीको गतिविधि शिथिल हुन थालेको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको जिल्ला सभापतिहरुको बैठकमा बोल्ने अधिकांशले पार्टीको गतिविधि कमजोर भएको भन्दै नेतृत्वको ध्यानाकर्षण गरेका हुन् ।

धारणा राख्ने क्रममा सभापतिहरुले पार्टीलाई पुनःजागरण गर्नका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । सभापतिहरुले पार्टीका तर्फबाट मन्त्री भएकाहरुले राम्रसँग समन्वय नगरेको पनि गुनासो गरेका छन् ।

क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरण बैठकको मुख्य एजेण्डा हो । यस एजेण्डमा छलफल हुनै बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved