भोलि कांग्रेस जिल्ला सभापतिको भेला, आज शीर्ष पाँच पदाधिकारीको बैठक

नेपालभ्युज

भोलि कांग्रेस जिल्ला सभापतिको भेला, आज शीर्ष पाँच पदाधिकारीको बैठक

काठमाडौं । भोलिदेखि सुरु हुने जिल्ला सभापतिको भेलाबारे छलफल गर्न नेपाली कांग्रेसका शीर्ष पाँच पदाधिकारीको बैठक बस्न लागेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज मध्यान्ह बस्ने पदाधिकारी बैठकले जिल्ला सभापति भेलाको एजेण्डा तय गर्ने जनाइएको छ ।

आजको बैठकमा सभापति, दुईजना उपसभापति र दुईजना महामन्त्री सहभागी हुनेछन् ।

कांग्रेसमा विवादको विषय बन्दै आएको क्रियाशील सदस्यता वितरण र नवीकरणलाई व्यवस्थित गर्न जिल्ला सभापतिको भेला डाकिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved