बाबुरामको प्रष्टीकरण : ललिता निवास प्रकरणमा हिलो छ्याप्न खोजियो

नेपालभ्युज

बाबुरामको प्रष्टीकरण : ललिता निवास प्रकरणमा हिलो छ्याप्न खोजियो

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफ्नो संलग्नता नरहेको प्रष्ट पारेका छन् । १९ महिने प्रधानमन्त्रीत्व कालमा सयाै प्रक्रियागत निर्णय भएको र सबै सम्झना नभएको भन्दै उनले ललिता निवास प्रकरणमा अफ्नो संलग्नता नभएको बताएका हुन् ।

उनले कसैले आफ्नो दाग छोप्न अरूमाथि हिलो छ्याप्न खोजेको आरोपसमेत लगाएका छन् । विगतदेखि नै आफू भ्रष्टाचारका काण्डहरुको छानबिन हुनपर्ने पक्षमा रहेको बताउँदै उनले ललिता निवास प्रकरणको पनि निष्पक्ष छानबिन हुनपर्नेमा जोड दिएका छन् ।

आइतरबार ट्वीट गर्दै उनले ललिता निवास प्रकरणबारे आफ्नो प्रष्टीकरणसहित धारणा सार्वजनिक गरेका हुन् ।

उनको ट्वीट यस्तो छ–

ललिता निवास प्रकरणको पुछारमा मेरो प्रमकालको मन्त्रिपरिषदको निर्णय पनि जोडिन पुगेकाले धेरै महानुभावहरूले चिन्ता र चासो सहित वास्तविकता सार्वजनिक गरिदिन आग्रह गर्नुभएको छ।

मेरो करिब १९ महिने प्रमकालमा प्रकृयागत ढंगले सयौं निर्णय भएका छन् तीबारे प्रमले सबै सम्झनसक्ने कुरो हुॅदैन ! म प का निर्णयहरू एकाध बाहेक सबै सम्बन्धित मन्त्रालयबाटै उत्पत्ति भएर आएका हुन्छन् ! तिनलाई मुख्यसचिवले बैठकमा प्रस्तुत गरेपछि म प को सम्बन्धित समितिमा पठाइन्छ ! त्यसले सबै जॉचबुझ गरेर सिफारिस गरेपछि म प ले विधिवत् निर्णय गर्छ।

ललिता निवास सम्बन्धी प्रस्ताव भूमिव्यवस्था मन्त्रालयबाट आएर म प को सामाजिक ९रु० समितिमा छलफलपछि म पबाट पारित भएजस्तो लाग्छ।मलाई हल्का सम्झना भएसम्म राज्यको समरजंग कम्पनीको नाममा दर्ता भएको करिब तीन रोपनी जग्गा पशुपति टिकिन्छा गुठीको भन्ने भएकाले वास्तविक तथ्यप्रमाण अभिलेख जॉचबुझ गरी नियम अनुसार गर्ने वा यस्तै आशयको नीतिगत निर्णय भएजस्तो लाग्छ१ यो कुरा मैले अख्तियारको टोलीले केही बर्ष पहिले लिएको बयानमा पनि भनेको छु।

तत्कालीन प्रमको हैसियतले मसंग जोडिएको कुरा यत्ति हो ! त्यसपछि केकसो भयो मलाई थाहा हुने कुरो भएन। कुनै पनि ढंगले यो प्रकरणमा मेरो वा मेरो निकट कुनै व्यक्तिको स्वार्थ जोडिएको छैन र कसैले आजसम्म त्यस्तो आरोप ळगाएको पनि छैन !

देशमा राज्यको सम्पत्ति निजी लाभकोनिम्ति दोहन गर्ने र शक्तिको दुरूपयोग गर्ने प्रवृत्ति भयंकर रूपले झांगिएको स्थितिमा ललितानिवास लगायत सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानवीन होस् र दोषीलाई कडाभन्दा कडा कार्वाही होस् भन्ने कुरा मैले संसदमा र बाहिर पनि निरन्तर उठाउॅदै आएको छु ! त्यसमा म आजीवन प्रतिबद्ध रहनेछु।

बरू यो र यस्ता प्रकरणको छिटो टुंगो लागोस् ताकि आम जनतालाई गुड र गोबर छुट्याउन सहज होस्स अनि कसैले आफ्नो दाग छोप्न अरूमाथि हिलो छ्याप्न नपाओस् !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved