बजेटले अर्थतन्त्रलाई चलायमान बनाउँछ : अर्थमन्त्री महत

नेपालभ्युज

बजेटले अर्थतन्त्रलाई चलायमान बनाउँछ : अर्थमन्त्री महत

पोखरा। अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल प्रस्ताव गरिएको बजेटले अर्थतन्त्रलाई चलायमान गर्ने र देशभित्रै उद्योग व्यवसाय गर्ने प्रेरित गरेको बताएका छन् ।

शनिबार प्रेस युनियन कास्कीले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री डा. महतले भने, ‘यो बजेटको लक्ष्य लोकप्रिय छ, यसले जे काम गर्न प्रस्ताव अगाडि सारेको छ, त्यसले लोकप्रिय परिणाम दिनेछ । त्यसका लागि बाटो तय भएको छ ।’

उनले समयमा निर्णय नहुने, कार्यान्वयन नहुने, समयमा ठेक्का नलाग्ने, कार्यविधि नबन्ने, जथाभावी रकमान्तर हुने कार्यलाई पूर्णरुपमा निषेध गरेको दाबीसमेत गरे ।

नेपालमा पुँजीगत खर्च नहुने ठूलो समस्या रहेको बताउँदै उनले अब यो बजेटबाट सुधार हुने बताए । बढी सुविधा लिइरहेको तर करको दायरामा नआएको वर्गलाई करको दायरामा ल्याउने कामसमेत गरिएको उनको भनाइ छ ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved