कांग्रेसलाई भ्रष्टाचारको संरक्षकको रुपमा जनताले चिनेका छन्ः नेता केसी

नेपालभ्युज

कांग्रेसलाई भ्रष्टाचारको संरक्षकको रुपमा जनताले चिनेका छन्ः नेता केसी

काठमाडौं ।  नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाली काँंग्रेस पार्टीलाई जनताले भ्रष्टाचारको संरक्षकका रुपमा चिनेको बताएका छन् । शुक्रवार नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले कांग्रेसलाई जनताले भ्रष्टाचारको संरक्षकको रुपमा चिनेको बताएका हुन् ।

उनले कांग्रेसलाई जनताले विकृति र मनपरितन्त्रको संवाहकको रुपमा पनि चिनेको बताए । उनले जनताहरु निराश भएर विकल्प खोजिरहेका भन्दै कांग्रेसको अहिलेको जस्तै नेतृत्व र विचार लिएर अगाडी बढेमा भविष्य चुनौतिपूर्ण हुने बताए।

‘लाज नमानी भन्नुपर्दा अहिले हामीलाई यथास्थितिको प्रतिनिधिको रुपमा जनताले चिनेका छन् । भ्रष्टाचारको संरक्षकको रुपमा जनताले चिनेका छन् । विकृति र मनपरीतन्त्रको संवाहकका रुपमा हामीलाई चिनेका छन् । त्यसले गर्दा जनतामा निराशाको स्थिति र अरु के विकल्प छ भनेर खोजीरहेका छन्’ उनले भने, ‘जनता विकल्प खोज्छन् कसैलाई कुरेर बस्दैनन् । हामी अहिलेजस्तै नीति, अहिलेजस्तै नेतृत्व, अहिलेजस्तै विचार र अहिलेजस्तै बासी बानि, प्रवृत्ति लिएर अगाडी बढ्यौँ भने आउने परिस्थिति कांग्रेसको निम्ति अत्यन्त चुनौतिपूर्ण हुन्छ । त्यो लोकतन्त्रको निम्ति पनि चुनौतिपूर्ण हुन्छ ।’

नेता केसीले कांग्रेस भित्र वैचारिक पुर्नजागरणको नयाँ क्रान्ति शुरु गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले आफुहरुले नयाँ विचार र दृष्टिकोणसहित सुध्रियौँ भन्ने सन्देश जनतालाई दिनुपर्ने बताए ।

उनले राष्ट्र र लोकतन्त्रलाई गति दिनको निम्ति पत्रकारिता क्षेत्रको ठूलो योगदान रहेको बताए । उनले सत्य र न्यायको निम्ति लेख्न र सत्यको बाटोमा हिड्न पत्रकारहरुलाई आग्रह गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved