अवार्डको बहानामा मानव तस्करी आरोप लागेपछि आयोजकले नै पाएनन् भिसा

नेपालभ्युज

अवार्डको बहानामा मानव तस्करी आरोप लागेपछि आयोजकले नै पाएनन् भिसा

काठमाडौं। अवार्ड कार्यक्रमको आवरणमा मानव तस्करीको आरोप लागेपछि आयोजक संस्थाकै अध्यक्षको भिसा रिजेक्ट भएको छ। नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)ले अवार्ड अमेरिकामा आयोजना गर्न लागेको अवार्डमा अनधिकृत व्यक्तिलाई अमेरिका लैजान खोजेको विषय सार्वजनिक भएपछि अमेरिकाले आयोजकलाई नै भिसा नदिएको हो।

अध्यक्ष पुस्कर लामालाई नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको स्रोतले बताएको छ। साउन ६ गते ‘नेफ्टा फिल्म अवार्ड’ को ११ औँ संस्करण अमेरिकामा गर्ने तयारी थियो।

कार्यक्रमको सहयोगी संस्था आर्यन फिल्म्सले मानव तस्करी हुन लागेको बताउँदै कार्यक्रमबाट हात झिकेको थियो। मूख्य सहयोगीले हात झिके पनि चलचित्र प्राविधिक संघले नेपाल चलचित्र बोर्डबाट केही आर्थिक सहयोग लिएर अवार्ड आयोजन प्रक्रिया अघि बढाएको थियो।

चलचित्र विकास बोर्डको सहयोगमा चलचित्र प्राविधिक संघ (नेफ्टा)ले अवार्ड आयोजना गर्न लागेको थियो। यस्तो गम्भीर विषयमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी पनि जोडिएका छन्। किनकि वोर्डले पनि कार्यक्रमको लागि पाँच लाख रुपैयाँ सहयोग दिने तयारी गरेको छ।

अध्यक्ष लामाले आफूसहित ३२ जनाको नाम र पासपोर्ट अमेरिकी दूतावासमा पठाएका थिए। तर, यसअघि अमेरिका गएर फर्किएका केही चर्चित कलाकारलाई मात्रै दूतावासले भिसा दियो। अरू कलाकार र कलाकार भन्दै नाम पठाइएका गैर कलाकारलाई भने भिसा नदिएको बताइएको छ।

अमेरिकामा हुने ‘नेफ्टा अवार्ड’ विवादमा, मानव तस्करीको आरोप

यसबारे अध्यक्ष लामाले भने अहिले आफू तनावमा रहेको भन्दै नबोल्ने बताए। उनले नेपाल भ्युजसँग भने ‘‘म अहिले तनावमा छु। मेरो भिसाको सम्बन्धमा केही बोल्दिन। बरु मानव तस्करीको विषयमा बोल्न तयार छु। यो आरोप मात्र हो। कुनै सत्यता छैन।’’

आयोजक संस्थाकै अध्यक्षको भिसा नपाएपछि अमेरिकामा सो अवार्ड हुने नहुने अनिश्चित बनेको छ। स्थानीय आयोजकमध्ये एक कम्पनी आर्यन फिल्म्स् प्रोडक्सनले यसअघि विज्ञप्ति नै निकालेर भिसा प्रक्रियामा ‘अनधिकृत मान्छेको नाम थपिएको’ आरोप लगाएको थियो। अमेरिका लैजान भन्दै प्रतिव्यक्ति ३० लाख रुपैयाँका दरले पैसा उठाएको उसको आरोप थियो।

यसबारे नेपाल भ्यूजले यसअघि नै समाचार प्रकाशन गरिसकेको थियो। समाचार प्रकाशनपछि आयोजकले भर्चुअलरूपमा पत्रकार सम्मेलन गरेर आरोपको खण्डन गरेको थियो।

फिल्म सुटिङका नाममा भिसा माग्दा पर्यटन बोर्डको नक्कली लेटरप्याड प्रयोग, मानव तस्करीको आशंका

आर्यन फिल्म्स् प्रोडक्सले अवार्डको लागि हालसम्म आफ्नो धेरै पैसा खर्च भएको भन्दै चलचित्र प्राविधिक संघसँग पैसा उठाउन ताकेता गरिरहेको छ।

नेफ्टाका केही पदाधिकारीलाई अमेरिका–नेपालको राउण्ड ट्रिप, सोल्टी होटलमा कार्यक्रम र अन्य मसलन्दका लागि १५ हजार अमेरिकी डलर खर्च भएको बताउँदै उसले मागेको हो।

नाम र कागजपत्र दुरुपयोग गर्नेलाई तुरुन्त कारबाही होस् – केकी अधिकारी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved