पूर्वराष्ट्रपति भण्डारीले गरिन् राजनीतिमै फर्कने संकेत

नेपालभ्युज

पूर्वराष्ट्रपति भण्डारीले गरिन् राजनीतिमै फर्कने संकेत
फाइल तस्वीर

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमै फर्कने संकेत गरेकी छिन् । बिहीबार काठमाडौंमा मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिमा फर्कने संकेत गरेकी हुन् ।

समाज रुपान्तरणको अभिभारा पूरा भइ नसकेको भन्दै उनले घुमाउरो पारामा राजनीतिमा फर्कने बताएकी हुन् ।

‘समाज रुपान्तरणको हाम्रो अभिभारा पूरा भइसकेको छैन । यसका लागि धेरै लामो यात्रा तय गर्न बाँकी नै छ’, उनले भनिन्, ‘जनताको जीवनमा सम्पूर्ण रुपमा परिवर्तन ल्याउने, समृद्ध नेपाल, सुखी नेपालीको जुन परिकल्पना छ, त्यसको दायित्व पूरा भइसकेको छैन । जनताका ती सपना हामीले पूरा गर्नुपर्छ ।’

कार्यक्रममा उनले आफ्ना पति मदन भण्डारीको स्मरण गरेकी थिइन् ।

राष्ट्रपति बन्नुभन्दा अघि उनी नेकपा एमालेकी उपाध्यक्ष थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved