राजेन्द्र राई भन्छन्: एमालेमै फर्किउँ-फर्किउँ लागेको छ, तर…

नेपालभ्युज

राजेन्द्र राई भन्छन्: एमालेमै फर्किउँ-फर्किउँ लागेको छ, तर…

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले सपनामा एमालेकै पक्षमा भाषण गर्ने गरेको बताएका छन् ।

बिहीबार प्रदेशसभामा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत माग्न गरेको प्रस्तावमा बोल्दै राईले आफूलाई ‘एमालेमै फर्किऊँ, फर्किऊँ’ जस्तो लागेको पनि बताए ।‌

उनले एमालेले पेल्न नीति लिएका कारण चाहेर पनि फर्कन नसकेको दुखेसो पोखे । ‘तर, एमालेले पेल्ने नीति अझै लिएको छ । यस्तोमा अहिले नै मत माग्दा दिन सकिँदैन’, उनले भने ।

उनले फेरि पार्टी एकीकरण हुनुपर्नेमा जोड दिए । अहिले नै पार्टी एकीकरण गर्न सम्भव नभए एउटै संसदीय दल बनाउन सकिने उनको तर्क छ ।

‘सरकार जोगाउने बेलामा मात्र होइन अरू बेला पनि खोजी गरियोस्’, उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved