ओलीले बदनियतपूर्ण ढंगले जलहरी राखेका रहेछन्ः लेखनाथ दाहाल

नेपालभ्युज

ओलीले बदनियतपूर्ण ढंगले जलहरी राखेका रहेछन्ः लेखनाथ दाहाल
फाइल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय गलत भएको बताएका छन् ।
सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले जनता कोरोनाको मारमा परेको बेलामा औषधि उपचार गर्न समेत अफ्ठ्यारो रहेको अवस्थामा पशुपतिनाथमा सुनको जलहरी राख्ने निर्णय वस्तुगत र वास्तविकता भन्दा माथि रहेको बताए । उनले २ सय वर्षदेखि नियमित चाँदीको जलहरी लगाइरहेको ठाउँमा सुनको जलहरी लगाउनुपर्ने आफैँमा वस्तुगत निर्णय नभएको उनको दाबी छ ।

उनले जलहरीको विषयमा निष्पक्षता कामय गरी अनुसन्धान हुनुपर्ने बताए । उनले जलहरी राख्नुको ध्येय स्वर्णाक्षरमा आफ्नो नाम लेखाउनु रहेको बताए । जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री लगायतको नाम स्वर्णाक्षरमा लेख्नुले तत्कालीन प्रधानमन्त्री ओलीको ध्येय प्रस्ट हुने बताए ।

‘मैले पशुपतिको जलहरीसँग सम्बन्धित विषयवस्तु उठान गरेको थिएँ । जतिबेला जलहरी लगाउने निर्णय सरकारले गरेको थियो । केपी ओलीजीको सरकारले गरेको थियो, त्यो निर्णय आफैँमा वस्तुगत थिएन । किनभने कोरोनाको महामारी चलिरहेको बेलामा जनता खान नपाएर छटपटाइरहेका थिए’ उनले भने,  ‘२ सय वर्षदेखि नियमित चाँदीको जलहरी लगाइरहेको ठाउँमा सुनको जलहरी लगाउनुपर्ने आफैँमा वस्तुगत निर्णय थिएन, मनोगत थियो । अनुसन्धान प्रक्रियामा निष्पक्षता कायम हुनुपर्छ ।’

‘केपी ओलीजीले सुनको जलहरीमा आफ्नो नाम लेख्नुभएको छ । विद्या भण्डारीको नाम, भानुभक्त ढकालको नाम, लगायत धेरैको नाम लेख्नुभएको रहेछ । पशुपतिमा नाम लेखाउने रहर जागेर उहाँले लगाउनुभएको रहेछ । अख्तियारले हात हालिसकेपछि सबै विषय बाहिर ल्याउनुपर्छ’ उनले भने, ‘दाताहरुले दिएको पैसा कति छ ? त्यो पनि चाहिन्छ । बदनियतपूर्ण ढंगले सुनको जलहरी राखिएको रहेछ ।’

सांसद दाहालले जलहरी बनाउन दाताहरुले दिएको रकम उल्लेख नगराइएको भन्दै सबै पक्षहरुको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग राखे ।


Comment

One thought on “ओलीले बदनियतपूर्ण ढंगले जलहरी राखेका रहेछन्ः लेखनाथ दाहाल

  1. पशुपतिनाथको जलहरीमा नेताज्यूहरुको नाम पो! यो उपयुक्त कुरा भयो र!?? सरकारले जस्तो पनि निर्णय गर्न पाउँछ?? भोलि कसैलाई पशुपतिनाथ बाहिरको बसाहामाथि आफ्नो मुर्ति स्थापना गर्ने लहड जाग्ला । राखीदिने हो कि निर्णय गराएर? कानूनको खिलाफ त हुन्न किन कि कानूनमा त्यसो नगर्नु भनेर लेखिएको छैन क्यारे कतै । त्यसमाथि हाम्रा कतिपय बरिष्ठ मानिएका नेता र मन्त्रिहरुमाथि हत्या आरोप होला । कोही आफूलाई नास्तिक भौतिकबादी भन्ने गरेकाहरु पनि परे होलान नाम लेखाउनेमा । कतै पशुपतिनाथप्रतिको आम आस्था पनि कमजोर हुने हो कि यस्तो कार्यबाट?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved