बेइजिङका विद्यालयहरूलाई गर्मीमा धेरै बाहिरी गतिविधिहरू नगर्न आग्रह

नेपालभ्युज

बेइजिङका विद्यालयहरूलाई गर्मीमा धेरै बाहिरी गतिविधिहरू नगर्न आग्रह

बेइजिङ । चीनको राजधानी बेइजिङका प्रमुख भागहरूमा पछिल्लो समय उच्च तापक्रमको अनुभव भइरहेको भन्दै नगर अधिकारीहरूले विद्यालयहरूलाई बाहिरी गतिविधि आयोजना नगर्न आग्रह गरेका छन् ।

नगर शिक्षा अधिकारीहरूले स्थानीय विद्यालयहरूलाई विद्यार्थीहरूको भलाई सुनिश्चित गर्नका लागि धेरै बाहिरी गतिविधिहरू आयोजना नगर्न आग्रह गरेका हुन् ।

शुक्रबार राति, सम्बन्धित अधिकारीहरूले एक सूचना जारी गर्दै विद्यार्थीहरूको लागि बाहिरी गतिविधिहरूको समय परिमार्जन गर्न र उच्च तापमान मौसमको अवधिमा कक्षाहरू कम गर्न वा स्थगित गर्न विशिष्ट उपायहरू सोच्न आग्रह गरेका हुन् ।

आइतबारदेखि सुरु हुने तीन दिने ड्रागन बोट फेस्टिभलको बिदापछि विद्यालयहरूलाई चर्को गर्मीका कारण विद्यार्थीहरूका लागि धेरै ‘आउटडोर’ गतिविधिहरू आयोजना नगर्न सल्लाह दिइएको सूचनामा उल्लेख छ ।

बेइजिङले शुक्रबार उच्च तापक्रमका लागि ‘रेड अलर्ट’ जारी गरेको छ । चीनको सावधानी प्रणालीमा यो सबैभन्दा कडा चेतावनी हो । शहरको मौसम विज्ञान केन्द्रले यसअघि गरेको पूर्वानुमानअनुसार बेइजिङका अधिकांश क्षेत्रमा शुक्रबारदेखि आइतबारसम्म अधिकतम तापक्रम ३७ देखि ४० डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved