बालकृष्ण खाणलाई भेट्न ‘सेन्ट्रल जेल’मा नेताको लर्को, परराष्ट्रमन्त्री साउददेखि मुख्यमन्त्रीसम्मले भेटे

भेटका क्रममा खाणले आफूलाई जसरी भए पनि बाहिर निकाल्न नेताहरूसँग आग्रह गरेको बताइन्छ। नेताहरूले पनि जेलबाट निकाल्न आफूहरूले सक्दो प्रयत्न गर्ने भन्दै आश्वासन दिएका छन्।

नेपालभ्युज

बालकृष्ण खाणलाई भेट्न ‘सेन्ट्रल जेल’मा नेताको लर्को, परराष्ट्रमन्त्री साउददेखि मुख्यमन्त्रीसम्मले भेटे

काठमाडौं। भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणलाई भेट्न नेपाली कांग्रेसका नेताहरूको लर्को लागेको छ।

कारागार प्रशासनले स्रोतका अनुसार मन्त्रीदेखि साधारण नेतासम्म कारागार धाइरहेका छन्। १ असारमा कारागार चलान गरिएपछि उनलाई भेट् संघीय सरकारका मन्त्रीदेखि मुख्यमन्त्रीसम्म धाइरहेका छन्।

परराष्ट्रमन्त्री एनपी साउद पनि बिहीबार बिहान १० ‘सेन्ट्रल जेल’ सुन्धारा पुगेका थिए। करिब आधा घण्टा साउदले खाँणसँग भेटघाट गरेको कारागार प्रशासनले स्रोतले बतायो। खाण बाहिरिएलगतै केही नेता तथा सांसद पनि कारागार पुगेका थिए।

भेटका क्रममा खाणले आफूलाई जसरी भए पनि बाहिर निकाल्न नेताहरूसँग आग्रह गरेको बताइन्छ। नेताहरूले पनि भुटानी शरणार्थी प्रकरणमा अन्तिम फैसला नभएको र पुर्पक्षका लागि मात्रै कारागार चलान भएकाले नआत्तिन सुझाव दिएका छन्। जेलबाट निकाल्न आफूहरूले सक्दो प्रयत्न गर्ने भन्दै नेताहरूले खाणलाई आश्वासन दिएका छन्।

बिहीबारै कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्दाम्बे र महेन्द्र यादवले पनि खाँणलाई भेटेका थिए। बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि खाँणलाई भेटेका थिए।

जिल्ला अदालत, काठमाडौंले १ असारमा पुर्पक्षको लागि थुनामा पठाएको हो। खाँण, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझीसहित १६ जना पुर्पक्षका लागि थुनामा छन्। अदालतको आदेश कार्यान्वयनका क्रममा जिल्ला प्रहरी परिसर, काठमाडौंले उनीहरूलाई ‘सेन्ट्रल जेल’मा लगेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved